© २०२३
लमही, ८ भदौ ।
सोनापुर मिनरल्स एण्ड आयलले साउन २९ गतेदेखि जारी गरेको आइपिओको म्याद १५ दिन थपेको छ । भदौ ११ गते सम्म आईपिओ भर्न समय सिमा तोकिएकोमा स्थानीयहरुका लागि भने अरु १५ दिनका लागि समय सिमा थप गरिएको छ ।
उद्योग प्रभावित क्षेत्र दाङ र रोल्पा जिल्लाका स्थानीय बासिन्दाहरूका लागि १०० रुपैयाँ अंकित मूल्यमा १२५ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता सेयर निष्काशन गरे पनि सुचनाको अभाबका कारण सर्वसाधारणले आईपिओ भर्न पाएका थिएनन् ।
सर्वसधारणले आईपिओ भर्न नपाएको गुनासो बढेपछि कम्पनीले पन्ध्र दिन समय थप गरेको महाप्रबन्धक हरि पाठकले जानकारी दिए । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको थियो ।
कम्पनीले जारी पुँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशत अर्थात १ अर्ब २३ करोड २० हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ करोड २३ लाख २०० लाख कित्ता साधारण शेयर निष्कासन गरेको छ । यसका साथै सर्वसाधारण लगानीकर्ताहरूका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १० लाख ७६ हजार २६८ कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरूका लागि १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा निष्कासन गरेको हो।
सो आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूले अधिकतम १५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले अधिकतममा १० लाख ७६ हजार २६८ कित्ता शेयरका लागि आवेदन खुल्ला गरिएकोमा यसअघि नै आईपिओ खुलेकै दिन ओभर सस्क्राईब भैसकेको कम्पनीले जनाएको छ ।