© २०२३
चन्द्रौटा (कपिलवस्तु), ८ भदौ ।
एनएमबि बैंक चन्द्रौटा शाखाले कपिलवस्तुको एक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । शिवराज नगरपालिका–९, सुन्दरीडाँडा अवस्थित प्रकाश मावि कक्षा ११ मा व्यवस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरुलाई शुक्रबार बित्तीय साक्षरता कार्यक्रम गरिएको बैंकले जनाएको छ ।
बैंकका शाखा प्रबन्धक लेखनाथ अधिकारीले स–साना रकम बचत गर्न जरुरी रहेको बताए । बचत गरेर उत्पादनमूलक कार्यमा लगानी गर्नुपर्नेमा उनले जोडदिए ।
पछिल्लो बजारमा आर्थिक मन्दीलाई मध्यनजर गर्दै फर्जुल खर्च कटौती गर्न आग्रह समेत अधिकारीले गरे । आम्दानी अनुसारको बचत गर्नपर्ने बताउँदै बैंकिङ सरक्षित प्रणलीबारे विद्यार्थीलाई जनाए । आफूले जम्मा गरेको रकम एनएमबीमा राख्दा सुरक्षित रहने उनले विश्वास दिलाए । आफ्नो बैंकबाट आम नागरिकलाई प्रवाह हुने सेवा प्रभावकारी रहेको अधिकारीको भनाई छ ।
यसैबीच कुलनन्द न्यौपानेले युवा उद्दमशिलता, पैसाको बचत, लगानी, परिचालन, आयआर्जनका वैकल्पिक अवसर तथा बैंकको महत्व, दैनिक जीवनमा बैंकको प्रयोगबारे विद्यार्थीहरुलाई जानकारी गराए । उनका अनुसार डिजिटल बैकिङ्ग, बैंकिङ्ग फ्रड र फ्रडबाट सुरक्षित रहने उपायहरु, एनएमबि स्मार्ट नारी बचत खाता, संसारभरबाट एनएमबि बैंकमा खोलिने भिडियो कल खाता, लुम्बिनी बचत खाताबारे जानकारी, शेयर कारोबार सम्बन्धि ज्ञान, सिस्टोमेटिक इन्भेस्टमेन्ट प्लान (एसआइपि) तथा एनएमबि बैंकले प्रदान गर्ने अन्य बैकिङ्ग सेवा सुबिधाबारे उनीहरुलाई अभिमुखिकरण दिइएको छ ।
यस्तै विद्यालयका प्रधानाध्यापक ओम प्रकाश चौधरीले एनएमबि बैंकले ब्यवस्थापन तहमा अध्ययनरत विद्यार्थीहरुलाई बित्तीय साक्षरता कार्यक्रम आयोजना गरेका धन्यवाद व्यक्त गर्दै समयसापेक्ष प्रभावकारी रहेको जिकिर गरे । बचत, लगानी, डिजिटल बैकिङ्ग, युवा उद्दमशिलताको सृजना, सन्चालन र सफलताबारे ब्यवहारिक ज्ञान सिकेको सहभागी विद्यार्थी बताउँछन् । कृष्ण पाण्डे, राजेश गुप्ता, सुकदेव गुप्ता र रबिन पौडेल लगायतले वत्तीय साक्षरता कार्यक्रमको सहजीकरण तथा सम्बोधन गरेका थिए ।