ट्रेंडिंग:

>> घट्यो पेट्रोल-डिजेलको भाउ >> आठ वर्ष मुनिका तीन बालिकामाथि बलात्कार, ५८ वर्षीय पुरुषले प्रहरी समक्ष आरोप स्वीकारे >> दाउन्नेको अवस्था अवलोकन गर्न पनि सडक मार्गबाटै आएँ : प्रचण्ड  >> राजस्व अनुसन्धान कार्यालय बुटवलद्वारा हार्डवेयर व्यवसायीमाथि एक करोडको मागदावी सहित मुद्दा >> गुल्मीमा सुतिरहेको अवस्थामा मजदूरको मृत्यु >> तुलसीपुरले गर्यो ज्येष्ठ नागरिक सम्मान >> सहकारीका समस्याबारे राष्ट्रपतिको चासो >> त्रिविको उपकुलपतिको जिम्मेवारी डा. केसीलाई >> बर्षको पहिलो दिन सेयर बजारले गर्यो स्वागत >> नयाँ वर्षको अवसरमा लुम्बिनीमा दाइजोमुक्त सामूहिक बिवाह >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ >> दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फेरि अन्यौलमा >> कांग्रेसले बोलायो केन्द्रिय समितिको बैठक >> पाँच रूपैयाँका १० लाख नाेट बजारमा >> यु–१४ टि ट्वान्टी क्रिकेटमा वेष्ट्रन विजयी >> आन्दोलनरत शिक्षकहरुकोे नयाँ बानेश्वरमा धर्ना >> बर्दघाटमा पाँच दिने योग शिविर, स्वस्थ रहन घरघरमा योग पुर्याउनु पर्नेमा जोड >> शिक्षकको माग सम्वोधन गराउन गगन थापा र विश्वप्रकाशले लिए पहलकदमी >> बिचौलियाको पहुँच प्रधानमन्त्रीको बेडरूमसम्म छः गगन थापा >> नयाँ वर्षकाे पहिलाे काराेबार दिन : सुनकाे भाउ एक हजार सात सय रुपैयाँले घट्यो >> आन्दोलनरत शिक्षकले प्रधानमन्त्रीबाहेक अरूसँग वार्ता नगर्ने >> त्रिविको ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट अव अनलाइनबाट लिन सकिने >> निरजलाई सूर्य नेपाल एनपिजिए म्याच-प्लेको उपाधि >> मेरो फाइक्रोफाइनान्समा रोजगारीको अवसर यस्तो छ योग्यता र अनुभव (नोटिस सहित) >> शिक्षकको तर्फबाट राज्य सञ्चालकलाई लेखिएको पत्र >> भन्सार छलीको समानसहित टेम्पो चालक पक्राउ >> झुक्किएर पनि बिहानको नास्तामा यी चार चीज नखानुहोस् >> खोलामा डुबेर बालकको मृत्यु >> गुल्मीमा जिप दुर्घटना, तीन जना घाईते >> नयाँ वर्षसंगै कान्तिपुर पोलिक्लिनिकको सेवा शुभारम्भ >> अस्थायी, करार कर्मचारी पनि अब सामाजिक सुरक्षा योजनामा >> देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै, यी प्रदेशमा हुनेछ चट्याङ्गसहित वर्षा >> सिम्रिकलाई आठौ भुपुसैनिक कपको उपाधि >> पाल्पामा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु >> सलमान खानलाई फेरी ज्यान मार्ने धम्की, दुई शंकास्पद युवाको गरियो खानतलासी >> ‘ज्ञानेन्द्र शाहले तीनकुने घटनामा दुःख ब्यक्त गरे पनि जिम्मेवारी लिएनन’ >> सरकार फेरिने हल्ला प्रचण्डको कुण्ठामात्र : एमाले >> ओमानविरुद्ध नेपालको सहज जित, १५ ओभरभित्रै भेट्यो लक्ष्य >> एसिया छनोट : नेपालले पायो ११८ रनको लक्ष्य >> वैशाख ११ गते एमालेको शक्ति प्रदर्शन, १ लाख युवा काठमाडौँमा उतार्ने >> समग्र रोजगार श्रृंखलमा काम गर्ने श्रम मन्त्रिको प्रतिवद्धता >> २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा >> आनन्दलोकमा जटिल शल्यक्रिया >> १९ वर्षमुनिको विश्वकप एशिया छनोटमा आज नेपाल ओमानसँग खेल्दै >> समृद्ध राष्ट्र निर्माण गर्न सकारात्मक सोच आवश्यक छ : प्रधानमन्त्री >> परिवर्तनको सुरुवात बर्ष बनोस्– नयाँ वर्ष >> नयाँ वर्ष सम्मृद्धिको बर्ष बनोस् >> किशोरीको अभियान, नागरिकता सचेतना >> ‘समृद्ध प्रदेश निर्माणका लागि सामूहिक प्रयास आवश्यक’ >> गाउँमा ‘उखु क्रान्ति’

धारापानीमा सञ्चालित श्रृङ्गारिक महामहोत्सवको आयव्यय सार्वजनिक

६ भाद्र २०८०, बुधबार
६ भाद्र २०८०, बुधबार

दाङ, ६ भदौ ।

घोराही उपमहानगरपलिका –५ धर्ना धारापानीमा गत साउन २ गतेदेखि ३१ गतेसम्म सञ्चालित पुरुषोत्तम महात्म्य एवं श्रृङ्गारिक आरती बोलबम मासिक महामहोत्सवको आय व्यय विवरण सार्वजनिक गरिएको छ ।

महामहोत्सवमा अन्तर्राष्ट्रिय स्वर्णपदक बिभूषित पण्डित अमृतशरण देवाचार्यले पुरुषोत्तम महात्म्य प्रवचन दिएका थिए । बनारसी कलाकारहरुको टिमले संगीतमय लिलामय प्रवचन तथा भजन सञ्चालन गरेको थियो । पैसा कमाउने भन्दा पनि धारापानी मन्दिरलाई विश्वभर परिचित गराउन सकियोस् भनेर उहाँले स्वयंसेवी रुपमा प्रवचन दिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले जानकारी दिए । सो महामहोत्सवमा ३१ लाख ८२ हजार नौ सय ९१ रुपैयाँ आम्दानी भएको छ । सोही कार्यक्रममा २१ लाख २६ हजार ८६ रुपैयाँ खर्च भएको आर्थिक उपसमितिका संयोजक विमल अधिकारीले जानकारी दिएका छन् । १० लाख ५६ हजार नौ सय पाँच रुपैया बचत भएको जनाइएको छ । मन्दिरको प्रचार प्रसार, धर्म र धार्मिक आस्था थप सुढृड बनाउने उद्देश्यले आयोजित महामहोत्सवमा सवै भन्दा धेरै अन्य सहयोगबाट १९ लाख ७२ हजार तीन सय आठ रुपैयाँ संकलन भएको छ ।

गंगा आरतीका लागि सात लाख ८४ हजार चार सय ९० रुपैयाँ, ब्राह्मण भोजनका लागि एक लाख ८० हजार,भक्तजन प्रसादका लागि एक लाख ५० हजार र झोली दानबाट ९६ हजार एक सय ९३ रुपैयाँ संकलन भएको अधिकारीले जानकारी दिए । महामहोत्सवमा आरती गुरुहरुको दक्षिणा तथा वाद्यवादन कलाकार पारिश्रमिकमा ११ लाख ३३ हजार ६ सय ११ रुपैयाँ, टेन्ट तथा साउण्ड सिस्टममा तीन लाख, ब्राह्मण तथा अन्य भोजनका लागि एक लाख १७ हजार सात सय १५ रुपैयाँ, आरतीका लागि पुजा सामग्री खरिदका लागि एक लाख ३४ हजार ९० रुपैयाँ, जेनेरेटर पेट्रोलका लागि ९३ हजार पाँच सय ७७ रुपैयाँ खर्च भएको छ । खानेपानी तथा मेक्सन व्याट्री खरिदका लागि ३२ हजार दुई सय ३० रुपैयाँ, भान्साका लागि भाडा वर्तन खरिदका लागि ९३ हजार दुई सय ८३ रुपैयाँ, सुरक्षाकर्मी, स्वयंसेवक खाजा नास्ता तथा सामान ढुवानीका लागि २६ हजार दुई सय ६५ रुपैयाँ, नेटको राउटर, स्टेशनरी तथा बाद्यवादनका सामग्री खरिदका लागि ४१ हजार तीन सय ७० रुपैयाँ, कलाकार श्रृंगार सामग्रीका लागि ४७ हजार दुई सय ८५ रुपैयाँ खर्च भएको संयोजक अधिकारीले जानकारी दिएका छन् ।

मन्दिर सरसफाई तथा धर्मशाला व्यवस्थापनका लागि १९ हजार रुपैयाँ, बत्ती राख्ने टपरी खरिदका लागि ६ हजार एक सय १० रुपैयाँ, प्रचार सामग्री पम्प्लेट छपाईका लागि १५ हजार रुपैयाँ, पुजारी दक्षिणाका लागि १४ हजार पाँच सय, प्रशंसापत्र छपाई तथा फ्रेममा ३७ हजार पाँच सय ५० रुपैयाँ र मिडिया प्रचार प्रसारका लागि १४ हजार पाँच सय रुपैया खर्च भएको छ ।

भक्तजनहरुको ठूलो सहभागिता रहेको थियो । महामहोत्सव सफल बनाउन सहयोग गर्ने सवैमा पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समितिले धन्यवाद ज्ञापन गरेको छ । समितिका अध्यक्ष गणेशकुमार अधिकारी र सचिव विष्णुराम आचार्यले जिल्लामा पहिलो पटक आयोजना गरिएको महोत्सवमा सहभागी हुने सम्पूर्ण भत्तजनहरुमा धन्यवाद दिएका छन् । महोत्सव सफल बनाउन सहयोग गर्ने सुरक्षाकर्मी, राजनीतिक दल, सांसदहरु, विभिन्न धार्मिक, सामाजिक संघसंस्था, नागरिक समाज, जनप्रतिनिधि, सञ्चारकर्मी तथा बिभिन्न उपसमितिका सदस्यहरु, मन्दिरका कर्मचारी तथा पुजारी लगायत सवैमा आभार प्रकट गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission