© २०२३
बुटवल, ६ भदौ ।
अध्यापनमा नयाँ शिक्षण विधिको प्रयोग र उपयोगिता एवम् आदर्श सिकाईका अभ्यासहरुमा प्रशिक्षित गराउँदै शिक्षण विधिमा बौद्धिकताको ढाँचा सन्दर्भमा एकदिने प्रशिक्षण कार्यक्रम एम्स कलेज, बुटवलको समन्वयमा सम्पन्न भएको छ ।
कार्यक्रमा प्रशिक्षण गराउँदै विश्वविद्यालय व्यवस्थापन संकायका पूर्व सहायक डिन दिनेशमणी घिमिरेले नयाँ शिक्षण विधिको प्रयोग, कक्षा कोठा बाहिरका सिकाई अभ्यास, शिक्षामा ब्यवहारिकता सम्बन्धमा प्रशिक्षण दिएका थिए । त्यसैगरी व्यवस्थापन केन्द्रीय विभागका सह प्राध्यापक डा. मनोज कुमार चौधरीले सकृय सिकाईका गतिविधिहरु एवम् रणनीतिहरुका बहुआयामिक पक्षमा प्रशिक्षण दिएका थिए । कार्यक्रमा सहभागीहरुले अध्यापनको क्रममा आफुले भोगेका अनुभवहरु प्रस्तुत गरेका थिए ।
बुटवल आसपासका २५ वटा प्लस टु र कलेजमा अध्यापनरत शिक्षक र प्राध्यापकहरुको सहभागिता रहेको कार्यक्रमको संयोजन एवम् एम्स कलेज, बुटवलका क्याम्पस प्रमुख दीपाक ढकालले गरेका थिए ।