© २०२३
बुटवल, ५ भदौ । एनएमबि बैंक लिमिटेड र बुटवलस्थित लुम्बिनी सिटि अस्पताल एण्ड मेडिकल साइन्स प्रालि बीच एक सम्झौता भएको छ । सम्झौता अनुसार एनएमबि बैंकका कर्मचारी एवं ग्राहकले अस्पतालबाट प्रदान गरिने सबै सेवामा १०% छुट पाउनेछन् ।
सम्झौतामा एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद पराजुली र लुम्बिनी सिटि अस्पताल एण्ड मेडिकल साइन्स प्रालिका अध्यक्ष लोकनाथ भुसालले हस्ताक्षर गर्नुभएको छ । एनएमबि बैंक लिमिटेड लुम्बिनी प्रदेश क्षेत्र(एक)का क्षेत्रीय प्रबन्धक युवराज पाठक, ट्राफिकचोक शाखा प्रबन्धक देविराम खनाल, बिडिएम विजय अर्यालको उपस्थितिमा बैंकका लुम्बिनी प्रदेश प्रमुख शम्भु प्रसाद पराजुली र लुम्बिनी सिटि अस्पताल एण्ड मेडिकल साइन्स प्रालिका अध्यक्ष लोकनाथ भुसालले सो हस्ताक्षरित सम्झौता आदानप्रदान गर्नुभएको थियो । यो सम्झौता एकबर्षको लागि हुनेछ। दुई पक्षको सहमतिले आवश्यकता अनुसार थप समय बढाउन सकिनेछ ।
सम्झौताले एनएमबि बैंक लिमिटेडका सम्पूर्ण स्टाफ एवं एनएमबि बैंक लिमिटेडमा खाता खोल्नुभएका सम्पूर्ण ग्राहक महानुभावहरु सो सुबिधा लिइ लाभान्वित हुनेछ्न । छुट पाउनको लागि एनएमबि बैंक लिमिटेडको खाताबाट भुक्तान गर्नुपर्ने हुन्छ । भुक्तानीको लागि एनएमबि बैंक लिमिटेडको फोन पे, एटीएम, क्रेडिट कार्ड, ईन्टरनेट बैकिङ्ग, मोबाइल बैकिङ्ग, आइपिस, क्यु आर कोड प्रयोग गर्नुपर्ने हुन्छ ।