ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

काठमाडौंमा घर खोज्दै जानकी (भिडियोसहित)

५ भाद्र २०८०, मंगलवार
५ भाद्र २०८०, मंगलवार

बुटवल, ५ भदौ ।

महिलाहरुको महान चाँड हरितालिका तीज नजििकंदै गर्दा नयाँ नयाँ गीत सार्वजनिक गर्ने क्रम पनि बढ्दो छ । कलाकारहरुले विभिन्न लय र भाकामा सन्देशमूलक तीजगीत निकालिरहेका छन् ।

यसैक्रममा गीतकार÷संगीतकार जानकी पन्थले नयाँ तीज गीतको संगालो ‘चाहियो काठमाडौंमा घर’ बजारमा ल्याएकी छन् । उनको गीति एल्बमको काठमाडौंमा रिलिज गरिएको छ ।

पन्थले केही पृथक र सबैले भोगेको साझा समस्यालाई गीतमा ढाल्ने प्रयास गरेकी छन् । पहाडतिरबाट मानिसहरु अवसर खोज्दै काठमाडौंलगायतका सहरमा भौतारिनुपरेको, जसका कारण गाउँको विकास समेत पछाडि परेको, नागरिकले समेत अवसर नपाएको जस्ता विषयलाई उजागर गरेर उनले आफ्नै गाउँ फर्कनुपर्छ भन्ने सन्देश गीतमार्फत दिएकी छन् । गाउँको विकास भए सहर बजारतिर झरेका मानिसले पनि आर्थिक रुपमा प्रगति गर्न सक्ने र घर किन्ने सोंचलाई साकार बनाउन सकिने उनको गीतको सन्देश छ ।

गीतको रेकर्डिङ काठमाडौंको म्यूजिक नेपालमा गरिएको छ । गीतमा शब्द÷संगीत जानकी पन्थको रहेको छ भने संगीत संयोजन महेन्द्र भण्डारीले गरेका छन् । अस्मिता अधिकारी र आलिफ खानको स्वर रहेको गीतमा कलाकार अनु साह, यशराजका साथै बालकलाकार आदित्य र हृदयाले अभिनय गरेका छन् । आदित्य र हृदयाले यही गीतबाट डेब्यु गरेका हुन् । बालकलाकार हृदया जानकी पन्थकी छोरी हुन् भने आदित्य म्यूजिक नेपालका लेखा अधिकृत यादव बरालका छोरा हुन् । गीतको छायाँकन टिकाथली, ललितपुर÷सुकेधारामा गरिएको छ । भिडियोको निर्देशन सुव्रत आचार्यले गरेका छन् ।

गीतकार संगीतकार हुँदै गायिकाको समेत परिचय बनाएकी जानकी पन्थले गीतको निर्माण, निर्देशन, मोडलिङ समेत गरी ६ वटा क्षेत्रमा अगाडि बढी अलराउन्डरको परिचय दिएकी छन् । ‘हेर्दा हेर्दै यसपालीको तीज पनि आएछ, हाम्रो माया बसेको नी चार वर्ष लाएछ, चन्चल भो मन जब तनमा, वैश चढ्दै गयो भन्छन् अब घरमा, ज्वाई खोज्ने बेला भयो‘’ तीजको एल्वम उनले यसअघि नै निकालिसकेकी छन् ।

त्यस अगाडि जानकीले २०६५ सालमा निकालिएको ओए बुढा, २०६६ सालमा निकालिएको पल्लाघरे लाहुरेले लान्छ अरे बाई र २०६७ सालमा बबाल तीज गरी ३ ओटा तीज एल्बम हल्ला चल्छ चलिरहन देउ, २०६६ लोकदोहोरी एल्बम, संघार २०६८ तथा जीत २०७० समेत उनले आफ्नै एकल शब्द र संगीतमा एल्बम निकालिसकेकी छन् । कतिपय गीतमा उनले अभिनय समेत गरेकी छन् । आफ्नो क्षमताको पनि परीक्षण गरौँ भनेर आफैले निर्देशन गर्न शुरू गरेको जानकी बताउँछिन् । अहिलेसम्म एकसय भन्दा बढी गीत आफूले रचना गरिसकेको उनले बताइन् ।

स्वर्गीय मामा लक्ष्मीनाथ अधिकारीको हौसलाबाट कविता र गजलहरु लेख्न सिकेकी पन्थ आफुलाई गीतकार भनेर अरुले चिन्न थालिसकेपछि मात्र यो क्षेत्रम प्रवेश गरेको अनुभुति भएको बताउँछिन् । जानकी पन्थले चलचित्रमा लेखेका गीत पनि लोकप्रिय भएका छन् चलचित्र जिन्दगानी दर्पण छायाँको शीर्ष गीत उनको पहिलो रेकर्डेड गीत हो । ‘यो क्षेत्रमा लागे पछि धेरै माया गर्ने श्रोता र दर्शक पाएकाले थप उर्जा प्रदान गरी हौंसला मिलेको छ ’ जानकी भन्छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?