ट्रेंडिंग:

>> राष्ट्रिय गौरवका आयोजनाका कामलाई गति दिन प्रधानमन्त्रीको चासो >> माटोमा अम्लीयपन बढ्दै, खेतीको उत्पादकत्व घट्दै >> रवि लामिछाने थप १५ दिन हिरासतमा >> भ्रष्टाचार नियन्त्रणमा नागरिक खबरदारीको आवश्यकताः मुख्यमन्त्री आचार्य  >> कांग्रेस कोषाध्यक्षमा श्रेष्ठ नियुक्त >> सभामुख कम्बोडियामा हुदाँ संसदका सचिवले दिए राजिनामा >> नेवा समितिको स्थापना दिवसमा वृद्धाश्रमलाई सहयोग >> १३ औं कपिलवस्तु डान्स आइडलको अडिसन सुरु, २५ जना सहभागी >> नेपालको शान्ति प्रयास विश्वका लागि उदाहरणीय: सभामुख >> लोकसेवा आयोगको तयारी कक्षा निशुल्क >> रमेश लेखकले काठमाडौं पठाएका सिडिओ आचार्यको जागिर धरापमा >> सुनको भाउ आज पनि बढ्यो, यस्तो छ आजको कारोबार ? >> राष्ट्र बैंकः डलरको भाउ सामान्य घट्यो, युरो र पाउण्डमा भारी गिरावट >> टाईगर प्यालेस रिसोर्टस्को व्यवस्थापन सोल्टीले गर्ने >> शिक्षाको जग उठाउन बाल बिकास तालिम >> चाडपर्वपछि रगत अभाव >> राप्तीमा स्थानीय उत्पादनको प्रोत्साहन >> सरकारले विकास योजनाको प्राथमिकीकरण गर्नुपर्छ: अध्यक्ष सिंह >> पशु सेवा केन्द्रबाट सेवा शुरु >> अख्तियारमा गुल्मीका ६० उजुरी >> बिपीन रिहाईको पहलमा किन ढिलाई ? >> विपश्यना ध्यान, आफैसँग नजिक हुने अवसर >> धरहरा व्यवसायिक रूपमा खुला : आजदेखि शुल्क तिरेर चढ्न पाइने >> कारागार तथा थुनुवा कक्षको अनुगमनमा मुख्य न्यायाधिवक्ताको कार्यालय >> किसान माविमा शौचालय जान पालो >> धेरैलाई थाहा छैन बौद्धकालिन ‘उत्तरक ताल’ >> एसीसी १९ वर्षमुनिको एशिया कपका लागि नेपाली टोलीको घोषणा >> दुई प्रदेशमा वर्षा, पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको सम्भावना >> गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे >> चिलिमेका तीन जलविद्युतबाट १६८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा थपियो >> मगर साहित्य महोत्सव : स्वयम्सेवक परिचालनका लागि छलफल >> क्यान महासंघ रुपन्देहीमा नयाँ नेतृत्व >> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली

रास्वपा लगायत नयाँ दल ‘मध्यमवर्गीय भुइँफुट्टा’ : माधव नेपाल

५ भाद्र २०८०, मंगलवार
५ भाद्र २०८०, मंगलवार

काठमाडौं,५ भदौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दललाई मध्यमवर्गीय भुइँफुट्टाको आरोप लगाएका छन् । पार्टीको केन्द्रीय कमिटीको बैठकमा प्रस्तुत गरेको प्रतिवेदनमा नेता नेपालले गत निर्वाचनबाट उदाएका राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र स्वतन्त्र उम्मेदवारहरूप्रति लक्षित गर्दै आफ्नो प्रतिवेदनमा यस्तो आरोप लगाएका हुन् । इतिहास र सिद्धान्तभन्दा अलग भएकाले पपुलिस्ट हुन खोज्दा युवा मत प्रभावित भएको नेपालले दाबी गरेका छन् ।

‘राजनीतिलाई इतिहास र सिद्धान्तभन्दा अलग केवल क्षणिक लोकरञ्जना पपुलिज्मका रूपमा बुझ्ने केही मध्यमवर्गीय भुइँफुट्टाहरूका आवेगले मुलुकको युवा जनमतलाई प्रभावित पारेको छ । सस्तो निन्दा भत्र्सनाको असहिष्णु प्रतिक्रियाले सामाजिक सम्वादको रूप लिँदैछ,’ नेपालले नयाँ दलप्रति संकेत गर्दै भनेका छन्, तर यसको अर्को पाटो पनि छ । नयाँ भविष्यको स्पष्ट मार्गचित्रका साथ एउटा सङ्गठित शक्ति अगाडि आउँदा त्यही तीव्रताका साथ समाजमा क्रान्तिकारी तथा प्रगतिशील ध्रुवीकरणको सम्भावना पनि उत्तिकै छ । हाम्रो पार्टी नै त्यो शक्ति बन्नु पर्दछ ।’

देशको असाधारण सम्भावनामाथि तुषारापात हुँदा जनतामा निराशा छाएको र बौद्धिक जगत पनि प्र्रभावित भएको नेपालको भनाइ छ ।

नेपालले आरोप लगाएको रवि लामिछानेको रास्वपाले २१ र राप्रपाले १४ सिट जितेका थिए । तर एमालेबाट विभाजन भइ बनेको नेपाल नेत्तृत्वको नेकपा एसले कांग्रेस र माओवादीसँग गठबन्धन गर्दा पनि १० सिट मात्रै जितेको थियो । न्यूनतम भोट ल्याउन नसक्दा नेकपा एस राष्ट्रिय पार्टी बन्न पनि चुकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?