© २०२३
काठमाडौं,५ भदौ । काठमाडौ महानगरपालिकाले डेंगी रोग फैलन नदिन लामखुट्टेको लार्भा नष्ट गर्न नेपालमै पहिलोपल्ट बायो लार्भिसिड छर्कन शुरु गरेको छ । यससँगै डेङ्गी रोगको बारेमा परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० बाट २४ सै घण्टा सञ्चालन गरेको छ । अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ । स्वास्थ्य प्रवर्धन केन्द्रहरुमा डेंगी रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जल लगायत आवश्यक औषधिको वितरणको व्यवस्था मिलाइएको मेयर बालेन शाहले जानकारी दिए । मेयर शाहका अनुसार बायो लार्भिसिड औषधि जैविक हो । यसले लामखुट्टे र त्यसका लार्भालाई बाहेक कसैलाई पनि हानी गर्दैन । यो विषादि होइन । औषधिलाई पानीको माथिल्लो भागमा छर्कनु पर्दछ । यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ । यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ । यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्छ । औषधिले डेंगीसहित, फिलारिया, औलो (मलेरिया), चिकन्नीया जस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुनेछ ।
सामाजिक सञ्जालमा मेयर बालेनको यो कार्यको गरे के हुंदैन, मेयर बालेन हरेक कुरामा अगाडि भन्दै प्रशंसा भइरहेको छ ।