ट्रेंडिंग:

>> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै >> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

प्रधानमन्त्री र गृहमन्त्रीप्रति देउवा आक्रामक, ‘सुन तस्करीको नैतिक जिम्मा गृहमन्त्रीले लिनुपर्छ’

४ भाद्र २०८०, सोमबार
४ भाद्र २०८०, सोमबार

काठमाडौं,४ भदौ ।

सिंहदरबारमा आइतवार आयोजित सर्वदलीय बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री र गृहमन्त्रीप्रति आक्रामकरूपमा प्रस्तुत भएका छन् ।

देउवाले बालकृष्ण खाण र टोपबहादुर रायमाझीलगायतका नेताहरूलाई अनावश्यकरूपमा दुःख दिइएको र माओवादीका नेताहरूलाई भने प्रमाण भेटिँदा पनि उन्मुक्ति दिइएको भन्दै बैठकमा प्रधानमन्त्री र गृहमन्त्रीप्रति रोष प्रकट गरेका छन् ।

देउवाले रायमाझीको नाम लिएनन् तर बालकृष्ण खाणहरूलाई एउटाले पोलेकै भरमा पक्राउ गरेर राजनीति सिध्याउन खोज्न गृहमन्त्री नारायणकाजी श्रेष्ठले कृष्णबहादुर महराको केसमा भने उन्मुक्ति दिएको प्रश्न उठाएका थिए ।

सो बैठकमा देउवाले सुन तस्करीको नैतिक जिम्मा गृहमन्त्रीले लिनुपर्नेसमेत बताएका थिए । देउवा उच्चस्तरीय आयोग बनाएर यसको नीतिगत छानबिनमा समेत सकारात्मक देखिएका छन् ।

देउवाले गृहमन्त्रीको जानकारी बेगर त्यत्रो सुन आउँछ ? यसमा गृहमन्त्रीले नैतिकरूपमा जिम्मा लिनुपर्छ, आवश्यक परे छानबिन आयोग बनाउँदा के पर्छ गरौं । बालकृष्ण खाणहरूलाई टर्चर दिएको कुरा छ । विभिन्न व्यक्तिलाई रानीपोखरीमा लगेर टर्चर दिएर फलाना व्यक्तिको नाम लिन भनिएको छ । यस्तो पनि हुन्छ ? भनेका थिए ।

रानीपोखरीस्थित उपत्यका प्रहरीको कार्यालयमा इन्द्रजीत राई, सानु भण्डारी, केशव दुलाललगायत नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका व्यक्तिलाई परिसर कार्यालयको हिरासतबाट ल्याएर एआईजी श्याम ज्ञवालीले अख्तियार प्रमुख प्रेम राई, आरजु राणालगायतको नाम पोल्न दबाब दिएको र त्यस क्रममा यातनासमेत दिइएको थियो ।

यहि विषय आइतबारको सर्वदलीय बैठकमा समेत देउवा र एमालेका प्रमुख सचेतक पदम गिरीले उठाएका थिए । गिरीले प्रहरीले मध्यराति २ बजे अभियुक्तहरूको बयान लिने क्रममा केही मान्छेलाई लक्षित गरेर नाम पोल्न दबाब दिएको अडिओ आफूसँग रहेको र आवश्यक परे सुनाउने चुनौती दिएपछि देउवा झनै आक्रामक बनेका थिए ।

गिरीले सो अडिओको विषय उठाएपछि प्रधानमन्त्री प्रचण्ड, देउवा, गृहमन्त्री नारायणकाजीले उनीसँग अलग्गै छलफलसमेत गरेका थिए । त्यो छलफलमा के भयो भन्ने कुरा गिरीले बताउन चाहेनन् । उनले बैठकमा आफूले उच्चस्तरीय आयोग किन आवश्यक छ भन्ने विषय उठाउँदा प्रधानमन्त्री र देउवासहित शीर्ष नेताहरू सकारात्मक देखिएको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?