ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

दाङमा आत्महत्याका घट्ना बढ्दै

४ भाद्र २०८०, सोमबार
४ भाद्र २०८०, सोमबार

लमही, ४ भदौ ।

गत साउन २० गते यहाँ तीन जनाले आत्महत्या गरे । तुलसीपुर उपमहानगरपालिका वडा नं. ९, वडा नं. १९ विजौरी र राजपुर गाउँपालिका वडा नं. ६ गङ्गदीमा भएका तीन घटनामा एउटा समानता थियो । आत्महत्या गर्ने तीन जनाले एकै किसिमको विष सेवन गरेका थिए । उक्त तथ्य शव परीक्षणपछि खुलेको प्रहरीको भनाई छ ।

आत्महत्या गर्ने तुलसीपुर–९ का ३७ वर्षीय मानबहादुर बिक, विजौरीकी ५० वर्षीया बमकुमारी विक र गङ्गदीकी थारु समुदायकी २१ वर्षीया युवतीले सोही दिन दिउँसो विष सेवन गरेको प्रहरीको भनाई छ । उनीहरूलाई उपचारका लागि अस्पताल पु¥याइए पनि बचाउन नसकिएको चिकित्सकको भनाइ छ । उनीहरूले किन विष सेवन गर्ने भन्नेबारे जानकारी प्राप्त भएको छैन । तीन जनाले आत्महत्या गरेको तीन दिनपछि अर्थात् साउन २३ गते पनि तुलसीपुर उपमहानगरपालिका–१२ क्वाङीकी १२ वर्षीया चौधरी समुदायकी एक बालिकाले पनि विष सेवन गरेर आत्महत्या गरेको खबर आयो । उनलाई उपचारको लागि राप्ती प्रादेशिक अस्पतालमा ल्याइयो तर बचाउन सकिएन । यी तीन दिनभित्र भएका चार प्रतिनिधि घटना हुन् ।

दाङ जिल्लामा प्रायः तीनदेखि चार दिनसम्ममा आत्महत्याका समाचार आइरहेकै हुन्छन् । दाङमा गत वर्ष नौ सय ५७ आपराधिक घटना घटेका छन् । तीमध्ये सबैभन्दा बढी दुई सय १९ वटा आत्महत्यासँग सम्बन्धित रहेको जिल्ला प्रहरी कार्यालय दाङको तथ्याङ्क छ । आत्महत्या गर्नेमध्ये एक सय ७३ जनाले झुण्डिएर, ३५ जनाले विष सेवन गरेर, आठ जनाले आत्महत्या दुरुत्सान र तीन जना नदीमा हामफालेर गरेको प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन गौतमको भनाई छ ।

आर्थिक वर्ष २०७९–८० मा दुई सय १९, आर्थिक वर्ष २०७८–७९ मा दुई सय २०, आर्थिक वर्ष २०७७–७८ मा दुई सय ४१ र २०७६–७७ मा दुई सय ३१ जनाले आत्महत्या गरेको उनले जानकारी दिए । विभिन्न मानसिक तनाव, उच्च महत्वकाक्षा, पारिवारिक कलह, दीर्घरोग, काममा असफलता, गरिबी, प्रेममा धोका, प्राकृतिक प्रकोपलगायतका कारणले मानिसले आत्महत्या गर्ने गरेको प्रहरीको अनुभव छ ।

व्यक्तिको उच्च महत्वकांक्षा र विभिन्न कारणले तनाव हुने र त्यसपछि डिप्रेसन भएका कारण पनि धेरै जसोले आत्महत्या गर्ने गरेको बताउँछन् सामुदायिक प्रहरी सेवा केन्द्रका सदस्य नीरा योगी । उनले भने, ‘सबैको सामूहिक प्रयासले गाउँ तहसम्म विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेर आत्महत्या गर्दै भन्ने खालका कार्यक्रम गर्नुपर्छ ।’

प्रविधिको दुरुपयोग, चेतना अभाव, मानिसका उच्च महत्वकांक्षाका कारण यस्ता घटनामा वृद्धि भएको र यी घटनालाई निरुत्साहित गरी समाजमा सकारात्मक सोचको विकास गर्ने कार्यक्रम आवश्यक रहेको बताउँछन् ज्येष्ठ नागरिकका अगुवा खुमानन्द अधिकारी ।

‘आत्महत्याका पछाडि विभिन्न कारण छन् र त्यसमा पनि प्रमुख कारण डिप्रेसननै हो,’ डाक्टर मुरली मनोहर रौनियारले भने । उनी यस्ता व्यक्तिलाई समयमै उपचार र जीवनबारे बुझाउन सकिएमा आत्महत्याका घटनामा कमी आउने बताउँछन् ।

उनले आत्महत्यालाई निरुत्साहित गर्ने मनोसामाजिक परामर्श गर्नुपर्ने समेत बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?