Butwal Today

समाजवादी मोर्चाको बैठक आज बस्दै

४ भाद्र २०८०, सोमबार
अ+
अ-

काठमाडौँ, ४ भदौ ।

चार दल सम्मिलित समाजवादी मोर्चाको बैठक आज बस्दैछ ।

बैठक बिहान साढे ७ बजे नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ ।

ठकले मोर्चाका उद्देश्य जनतामाझ लैजान सातै प्रदेशमा गरिने सभाको मिति तोक्ने सम्भावना छ । साथै सरकारका गतिविधि, समसामयिक राजनीतिक घटनाक्रमलगायत विषयमा छलफल हुनेछ ।

मोर्चा गठन भएको करिब ३ महिनापछि बस्न लागेको यो दोस्रो बैठक हो । बैठक आइतबार बस्ने भनिए पनि तयारी नपुगेपछि सोमबार बिहानका लागि सारिएको हो ।

सरकारको नेतृत्वकर्ता माओवादी केन्द्रसहित चार दलले गत असार ४ गते समाजवादी मोर्चा घोषणा गरेका थिए । मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा रहेका छन् ।