© २०२३
बुटवल, ३२ साउन । बुटवलमा जारी प्रथम यु—१८ फाईव ए साईड फुटबल प्रतियोगितामा नयागाउ रोयल, सोल्टी युनाईटेड, रिच किड एफसी र आहाना एफसी विजयी भएका छन ।
राधाकृष्ण युवा क्लबको आयोजनामा तेस्रो दिनको खेलमा थ्री स्टार एफसीले राईजिङ एफसीलाई १–०, रानीगंजा एफसीले एनएसएफसी ए लाई ३–१, टिम शान्ति एफसीले कलुवा एफसीलाई ३–० तथा जनशान्ति एफसीले चरङे एफसीलाई ६–० गोलल पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो । प्रतियोगिताको उपाधि विजेता टिमले नगद २० हजार रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपबिजेताले नगद १० हजार रुपैया, कप, मेडल प्रमाणपत्रबाट पुरस्कृत गरिने क्लबका अध्यक्ष यम बरालले बताए । यसैगरि बिधागत उत्कृष्ट गोलकिपर, उत्कृष्ट खेलाडी, र सर्वाधिक गोलकर्तालाई समेत पुरस्कृत गरिने उनले बताए भदौ ४ गतेसम्म चल्ने प्रतियोगितामा २४ टिमले उपाधिको लागि प्रतिस्प्रर्धा गरेका छन ।
विहिबार चार वटा खेलहरु हुने छन । पहिलो चरणका दुई खेलमा नवजिवन एफसी र रामराम दैनाह एफसी, दोस्रो खेलमा आरकेएफसी बि र प्रतित एफसी, तथा दोस्रो चरणको खेलमा रिचकिड एफसी र टिम शान्ति एफसी तथा बेल्बास एफसी र आहाना एफसी बिच खेल हुने खेल संयोजक बिश्वजित ताम्राकारले बताए ।
आजका खेलहरु