ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

कपि पेष्ट मै नीतिः कहिले बस्ने थिति ?

लुम्बिनी प्रदेशका अधिकांस पालिकाले अघिल्लो बर्षकै नीति तथा कार्यक्रमलाई कपि पेष्ट गर्ने गरेका छन् । नीतिमा पालिकालाई कस्तो बनाउने, कुन क्षेत्रलाई बजेटमा प्रथमिकता दिने ? भन्ने विषयमा पालिकाको मिहिनेत देखिँदैन ।
३२ श्रावण २०८०, बिहीबार
३२ श्रावण २०८०, बिहीबार

बुटवल, ३२ साउन । पाल्पाको बगनासकाली गाउँपालिकाले आर्थिक बर्ष २०७५/७६ मा ल्याएको नीति कार्यक्रमको मुख्य शिर्षकमा ‘गाउँको दीगो विकासका लागि, सुन्दर, शान्त, समृद्ध, सभ्य बगनासकाली गाउँको सार आर्थिक, सामाजिक, पर्यटन र पूर्वाधार विकासको दीगो आधार ’ उल्लेख छ । सोही मुख्य नीतिमा उल्लेख गरी उक्त बर्ष पालिकाले कुल ४३ करोड ४४ लाख बजेट समेत ल्याएर कार्यान्वयन समेत गरेको थियो ।
पालिकाले अर्को आर्थिक बर्ष २०७६/७७ मा ल्याएको नीति तथा कार्यक्रममा पनि मुख्य नीतिमा ‘गाउँको दीगो विकासका लागि, सुन्दर, शान्त, समृद्ध, सभ्य बगनासकाली गाउँको सार आर्थिक, सामाजिक, पर्यटन र पूर्वाधार विकासको दीगो आधार ’’ उल्लेख गरेको छ । रोचक कुरा त के छ भने अर्को बर्ष ल्याइएको नीति तथा कार्यक्रमका आर्थिक बर्ष बाहेकका सबै बुँदा उही छन् । अर्थात दुई वटा मात्रै शब्द परिर्वतन गरेर अन्य सबै दीर्घकालिन नीति, राजश्व तथा अन्य विकास सम्बन्धी नीति तथा कार्यक्रम अघिल्लो आर्थिक बर्षकै कपि पेष्ट गरिएको छ ।

दीर्घकालिन नीति मात्र होइन, उक्तपालिकाको अल्पकालिन नीति पनि अघिल्लो बर्षको ‘कपि पेष्ट’ नै गरेको छ । सो पालिकाले लिएको आर्थिक नीति २०७५ को कुनै पनि अंशलाई छाडेर सबै साभार गरी २०७६ को नीति कार्यक्रममा उल्लेख गरेको छ । उक्त पालिकाको आर्थिक बर्ष २०७५/०७६, २०७६/०७७ मात्रै होईन आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रम पनि उहि बुँदा नै उल्लेख छन् ।
आर्थिक बर्ष २०७८/७९ को दीर्घकालिन नीतिमा पनि प्रमुख नीति : गाउँको दिगो विकासका लागिः ‘सुन्दर शान्त, समृद्ध, सभ्य बगनासकाली गाउँको सार आर्थिक, सामाजिक, पर्यटन र पूर्वाधार विकासको दीगो आधार’ नै छ । जसमा कुनै पनि शब्द अक्षर पनि फरक पारिएको छैन ।
पालिकाका प्रमुख प्रसासकीय अधिकृत बद्रीनाथ लम्साल पालिकाले काम गर्ने भन्दै नीति त पहिलाको नै फलो गर्ने बताउँछन् ।उनले नीतिमा टेकेर कार्यक्रम ल्याउने गरिएको जानकारी दिदै विगतका दिनमा भएका कार्यको विषयमा अनविज्ञ भएको बताउँछन् । आफु आएपछि भने यसमा सुधार गरिएको उनको भनाई छ ।

 

 

यता, गुल्मी जिल्लाको मुसिकोट गाउँपालिकाको आर्थिक बर्ष २०७८/०७९ को निति तथा कार्यक्रमको सहकार्य र संमन्वय शिर्षकको बुँदा नम्बर १२ मा–‘बिकासका साझा बिषयहरूको खोजी गरी प्रक्रिया अगाडि बढाइने छ । बिकास साझेदार संस्थाहरूसंगको सम्वन्ध सुमधुर बनाउन कुनै कसर बाँकी राखिने छैन, बिकास साझेदार संस्थाहरूले यस नगरपालिकामा आगामी आ.व. २०७८/०७९ मा लगानी गर्ने बिकासका गतिबिधिहरू बार्षिक कार्यक्रममा समाबेश गराउन बिशेष पहल गरिने छ ।’ उल्लेख गरिएको छ । अघिल्लो बर्ष नीति तथा कार्यक्रममा उल्लेख गरिएको बुँदा सलक्कै साभार गरी उक्त पालिकाले आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रममा राखेको छ ।
‘विकासका साझा विषयहरूको खोजी गरी प्रक्रिया अगाडि बढाउने कार्यलाइ प्राथमिकता दिइने छ । विकास साझेदार संस्थाहरूसँगको सम्बन्ध सुमधुर बनाउन कुनै कसर बाँकी राखिने छैन । विकास साझेदार संस्थाहरूले यस नगरपालिकामा आगामी आ.व.२०७९÷०८० मा लगानी गर्ने बिकासका गतिबिधिहरू बार्षिक कार्यक्रममा समाबेश गराउन बिशेष पहल थालि सकिएको छ ।’ उल्लेख गरिएको छ ।
उक्त पालिकाले आर्थिक बर्ष २०७८/७९ मा ल्याएको नीति तथा कार्यक्रमको १ सय ११ वटा बुँदामा सम्बोधन बाहेकका अन्य सबै बुँदा आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रममा दोहोरिएका छन् । उक्त पालिकालेको निति तथा कार्यक्रमा २०७८/७९ को बुदा नम्बर ३५ मा स्वाँरा होमस्टेलाई व्यवस्थित गरी व्यवसायिकीकरण गरिएको भने मालिका मन्दिर, मुसिकोट दरबार, सालिमे दहलाई संरक्षण गरी आन्तरिक तथा बाह्य पर्यटक प्रबर्धन गर्न सहयोग भएको छ । मुसिकोट दरबार, मालिका मन्दिर, सालिमे दह, ढोडेनी बगर शहिद पार्क, स्मालि थान पार्कको विस्तृत परियोजना प्रतिवेदन (डि.पि.आर) तयार गरिएको उल्लेख छ ।

आर्थिक बर्ष २०७९/८०को नीति कार्यक्रममा पनि डिपीआर लगायतका संरचना बनेको तर त्यपछि कुनै पनि काम नभएको उल्लेख छ ।
बुदा नम्बर ३६ मा बडिगाड नदिमा राफ्टीङ (जल बिहार) संचालनको लागि प्रदेश सरकारद्वारा आयोजना गरिने लगानी सम्मेलनमा निजी क्षेत्रलाइ लगानिको लागि आब्ह्यान गर्न अवधारणा पत्र पेश गरिएको उल्लेख छ । प्रदेश सरकारको लगानी सम्मेल नै उक्त बर्ष भएन । अर्को बुदामा बसाईसराईको तिब्र प्रवृतिलाई रोक्न “पख्नोस, हामी तपाईको लागि केही गर्दैछौं” भन्ने भनाई सहित दीर्घकालिन सोंचका साथ कार्यक्रम अगाडी बढाईने उल्लेख गरिएको छ ।

अघिल्लो आर्थिक बर्षमा उल्लेख गरिएको नीति तथा कार्यक्रम आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रममा पनि उल्लेख गरिएको छ । जसमा विभिन्न मन्दीर तथा पुर्वाधारको डीपीआर तयार गरिएको उल्लेख छ । डिपीआर बनेपनि अन्य ठोस काम भने नभएको उल्लेख छ । बसाईसराई रोक्नको लागि “पख्नोस, हामी तपाईको लागि केही गर्दैछौं”कार्यक्रम लागूगरिने उल्लेख छ ।
अर्को बर्ष पनि प्रदेश सरकारको लगानी सम्मेलनमा बडिगाड नदिमा राफ्टीङ (जल बिहार) संचालनको लागि पहल गरिने उल्लेख छ ।
गुल्मीकै कालिगण्डकी गाउँपालिकलो आर्थिक बर्ष २०७६/०७७ मा ल्याएको नीति तथा कार्यक्रमलाई आर्थिक बर्ष २०७९/८०को नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

४ बर्ष देखि उक्त पालिकाले सो बुँदा दोहोराउदै आएको हो । एक टोल एक पोखरी, एक गाउँ एक उत्पादन’‘ गाउँ गाउँमा स सहकारी घरघरमा भकारी’ भन्ने राष्ट्रिय स्तरको अभियानलाई मुर्तरूप दिने गरी कार्यक्रम कार्यन्वयन गर्ने नीति लाई निरन्तरता दिईने उल्लेख छ ।
आर्थिक बर्ष ०७६/७७ मा उल्लेख गरिएको बुदा दुस्तै कपि गरेर आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रममा राखीएको छ । अर्थात ४ बर्ष देखि निरन्तर नीतिमा पर्दै आएपनि ठोस काम नभएको यो बुँदा लाई लिन सकिन्छ ।

अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिकाले पनि आर्थिक बर्ष ७८/७९ को बुदा नम्बर २६ मा–‘शिक्षामा सबै वालिकाकाको पहुँच शुनिश्चिता गर्ने, शैक्षिक गुणस्तर वृद्धि गर्ने, कक्षा कोठाको सिकाई प्रक्रियामा सुधार गर्न नविन प्रविधिको प्रयोग गर्ने ’ उल्लेख गरेको छ ।
सो पालिकाले आर्थिक बर्ष २०७९/०८० मा ल्याएको नीति कार्यक्रमको बुँदा नम्बर २६ मा नै ‘शिक्षामा सबै वालिकाकाको पहुँच शुनिश्चिता गर्ने, शैक्षिक गुणस्तर वृद्धि गर्ने, कक्षा कोठाको सिकाई प्रक्रियामा सुधार गर्न नविन प्रविधिको प्रयोग गरिने छ’ भनि उल्लेख गरिएको छ । उक्त पालिकाले ल्याएको नीति कार्यक्रका अधिकांस बुँदा अघिल्लो आर्थिक बर्षमा ल्याएका नीति कार्यक्रमबाट ‘कपि पेष्ट’ गरिएको छन् । विद्यालय दरबन्दी, मिलान देखि लिएर पुर्वाधार निर्माण गरिने कुरा पनि कपि पेष्ट नै गरिएका छन् ।
स्थानीय तहका जानकार समेत रहेका बालाराम पौडेलले नीति तथा कार्यक्रममा स्थानीय तहको मौलीकता हुनुपर्ने बताउँछन् । सोही नीतिमा नै टेकेर बजेट तथा कार्यक्रम ल्याउने भएको कारण कुनै बर्ष वा पालिकाको कपि गर्न नहुने बताउँछन् । यसले गर्दा पालिकाको सृजनशिलता मर्ने उनको तर्क छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?