© २०२३
बुटवल, ३१ साउन ।
रुपन्देहीको कन्चन गाउँपालिकामा प्रथम लौसा तीज विशेष सांस्कृतिक मेला २०८० सुरु भएको छ ।
न्यू मुनलाइट युवा क्लव कन्चन गाउँपालिका–१ को आयोजना र अकला एम्युजमेन्ट कम्पनी प्रालिको व्यवस्थापनमा सुरु भएको मेला भदौ ११ गतेसम्म चल्ने छ । मेलाको बुधबार कन्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले गरेका थिए ।
त्यस अवसरमा उनले नेपालीको मौलीक संस्कृति र परम्परा जोगाइराख्न यस्ता मेला महोत्सवहरुले महत्वपूर्ण योगदान पु¥याउने बताए । तीजगीतको मौलिकपनालाई जोगाइराख्न र स्थानीय समुदायलाई मनोरन्जन प्रदान गर्न सांस्कृतिक मेला आयोजना गरिएको क्लवका अध्यक्ष प्रकाश कार्कीले बताए ।
सांस्कृतिक मेला उदघाटनका अवसरमा कन्चन गाउँपालिका–१ का वडाअध्यक्ष हरिनारायण थारु, वडा नम्बर २ का वडाअध्यक्ष टेकबहादुर गुरुङ, गाउँपालिकाका प्रवक्ता चित्रलाल तुलाचन, पत्रकार दिनेश घिमिरे लगायतले सांस्कृतिक मेला सफलताको शुभकामना व्यक्त गरेका थिए ।
महोत्सवमा राष्ट्रिय कलाकारहरु प्रकाश सपुत, दुर्गेश थापा, ज्योती मगर, पशुपति शर्मा, बद्री पंगेनी, चन्द्र शर्मा, खुमन अधिकारी, रचना रिमाल, समीक्षा अधिकारीलगायत विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आ–आफ्नो प्रस्तुती देखाउने छन् ।
कन्चन गाउँपालिका वडा नम्बर १ को खेलमैदानमा आयोजना गरिएको सांस्कृतिक मेलामा विभिन्न तीज सम्बन्धी गीत तथा विभिन्न डान्स प्रस्तुत गरिने छ । मेला हरेक दिन दिउँसो ३ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ ।