© २०२३
काठमाडौँ , ३१ साउन ।
सुन तस्करीमा संलग्न रहेको आशंकामा प्रहरीले थप चारजना चिनियाँ नागरिकलाई काठमाडौंबाट पक्राउ गरेको छ । प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतका अनुसार सुन तस्करीमा संलग्न रहेको देखिएपछि चार जना चिनियाँ नागरिकलाई पक्राउ गरी थप अनुसन्धानका लागि काठमाडौं जिल्ला अदालतबाट बुधबार म्याद थप गरिएको छ ।
सुन तस्करीमा संलग्न रहेको आरोपमा पक्राउ पर्ने चिनियाँ नागरिक ली नेङ्गकाय, वीन तङ, तियान मी र डिङ्ग सेग्फा रहेको बताइएको छ । राजस्व अनुसन्धान विभागले साउन २ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्कुटरको ब्रेक सूमा लुकाएर ल्याएको सुन बरामद गरेको थियो । उक्त सुनको परिमाण ६० किलो ७१६ ग्राम छ ।