ट्रेंडिंग:

>> प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबिच भेटवार्ता >> मौसम पूर्वानुमान : यी स्थानमा छ आज वर्षाको सम्भावना >> रोटरी बुटवलको समिक्षा सभा सम्पन्न >> दिल्लीकी मुख्यमन्त्री आतिशीसहित पाँच मन्त्रीको शपथ >> साफ यु–१७ च्याम्पियनसिप: नेपाल पाकिस्तानसँग पराजित >> योग स्टार अन्तिम आठमा >> घोराहीको मोटरसाइकल वर्कसपमा आगलागी >> नवलपरासीमा पोखरीमा डुबेर एक जनाको मृत्यु >> पोखरामा डेंगु : एक महिनामै ६ गुणा बढ्यो >> दशैँको लागि अग्रिम टिकट बुकिङ घटस्थापनाकाे एक हप्ताअघि खुलाउने तयारी >> ढिलो नगरी एकताबद्ध हुन माओवादी घटकहरुलाई प्रचण्डको आह्वान >> गिल र पन्तको शतकमा बंगलादेशलाई ५१५ रनको लक्ष्य >> मैथिल समाजको रुपन्देहीमा सामुहिक जीतिया पर्व >> हैजा प्रभावित क्षेत्र राजपुरमा डाक्टर ठाकुरको नेतृत्वमा प्रादेशिक अस्पताल गौरको टोली >> कोशी प्रदेशसभा अधिवेशन अन्त्य >> प्रकाश तिमी नपढेर हरायौ । >> प्रधानमन्त्री ओली न्युयोर्कमा >> तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार सञ्चालन >> ब्रेकअपपछि पनि सौगात र सृष्टि लगातार एकसाथ फिल्ममा >> नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति >> चाडबाडमा बजार अनुगमनलाई नियमित गरिने >> भगवानको प्रतीक गोधनी ट्याटु >> दुना–टपरी उद्योगः गरिबी न्यूनीकरण र वातावरण संरक्षणको उदाहरण >> कार्यालय सदरमुकाममै राख्नुपर्ने भन्दै ध्यानाकर्षण >> किताब बेच्ने मान्छे ! >> पुलको डिजाइनमा समस्या देखाउँदै ठेकेदार >> वलीको प्रेरणादायक उद्यम यात्रा >> अन्तरिक्षमा अन्तरिक्ष यात्रीको जीवन कस्तो हुन्छ ? >> राजापाक्षे भागेपछि श्रीलंकामा आज पहिलो राष्ट्रपति निर्वाचन हुँदै >> एरिका एसियन कराते च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो नेपाली खेलाडी >> देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा धेरै वर्षाको सम्भावना >> दशैँको टीकाको साइत ११ बजेर ३६ मिनेटमा >> अनेरास्ववियु रुपन्देही संगठन विस्तारमा : बुटवल र तिलोत्तमाको नगर अधिवेशन सम्पन्न >> राष्ट्रिय शिक्षा मिडिया अवार्ड २०८१ रेडियो मुक्ति बुटवललाई >> माओवादी केन्द्रको पश्चिम प्रवास समितिको परामर्श बैठक सुरु >> रविले ग्यालेक्सी टिभीमा तलबबापत लिएका थिए एक करोडभन्दा बढी >> राजश्व बाँडफाँड कर्णालीका लागि न्यायोचित छैन: मुख्यमन्त्री कँडेल >> लिस्नु क्वाटरफाईनलमा >> प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित >> बुटवलमा निजी संस्थाले आफ्नो प्रचारका लागि सरकारी अस्पतालको नाम जोडेका सामग्री हटाउँदै  >> रवि लामिछाने बारे समितिमा कुमार रम्तेलको बयान ! >> रौतहटमा फैलियो झाडा पखला >> राष्ट्रपति पौडेलसमक्ष प्राकृतिक स्रोत तथा वित्त आयोगको प्रतिवेदन पेस >> अवैध तरिकाले बुटवल ल्याउँदै गरेका गोरू प्रहरी नियन्त्रणमा >> सहकारी समितिको प्रतिवेदन – गोर्खा मिडियामा रविले नै आर्थिक कारोबार गर्थे >> समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो >> यी हुन् सहकारी ठगीमा फरार २९ जना >> पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टले दिए राजीनामा >> इजरायलद्वारा हिजबुल्लाहका सयभन्दा बढी रकेट लन्चर ध्वस्त >> दाङ्वाट सुरु भएको अभियान राष्ट्रिय अभियान बन्दै

नौवस्ता औद्योगिक क्षेत्र अलपत्र, विकल्प खोज्दै उद्योगी

कतिसम्म भने अहिले त नौवस्ता औद्योगिक क्षेत्र अन्यत्र सर्ने भन्नेसम्मका हल्ला चल्न थालेका छन् । तर औद्योगिक क्षेत्र नै सर्न नसक्ने भए पनि तत्काल निर्माणको काम शुरु गर्न भने मुस्किल पर्ने देखिएको छ ।
३१ श्रावण २०८०, बुधबार
३१ श्रावण २०८०, बुधबार

बाँके, ३१ साउन ।

पश्चिमकै ठूलो र पूर्वाधार सम्पन्न नौवस्ता औद्योगिक क्षेत्र बन्ने अशामा तीन सय उद्योगीले सात वर्षअघि उद्योग सञ्चालनका लागि आवेदन दिए ।

आवेदन दिएको यतिका समय बित्दा समेत औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणको काम शुरु हुन नसकेपछि निवेदन दिएका उद्योगीहरु रुष्ट बनेका छन् । उद्योग खोल्ने योजना चकनाचुर भएको छ भने कतिले ठाउँको विकल्प खोजिसकेका छन् ।

नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले सरोकारावाल निकायका अगुवाहरुसंग आवेदन दिएका उद्योगीले कहिलेबाट उद्योग खोल्ने भन्दै प्रश्न तेर्साउँदै आएका छन् ।

तर सरोकारवाला निकायले बस्ती बिस्तार गर्नेसम्मको हिम्मत देखाउन सकेका छैनन् । बाँकेको आर्थिक क्षेत्रकै रुपान्तरण हुने अपेक्षा सहित प्रस्ताव गरिएको नौवस्ता औद्योगिक क्षेत्र बन्न नदिने षडयन्त्र सुरु भएको छ ।

कतिसम्म भने अहिले त नौवस्ता औद्योगिक क्षेत्र अन्यत्र सर्ने भन्नेसम्मका हल्ला चल्न थालेका छन् । तर औद्योगिक क्षेत्र नै सर्न नसक्ने भए पनि तत्काल निर्माणको काम शुरु गर्न भने मुस्किल पर्ने देखिएको छ ।

बस्ती बिस्तार नभएसम्म पूर्वाधार निर्माणको काम शुरु नगर्ने कानूनी व्यवस्था देखाउँदै औद्योगिक क्षेत्रले काम शुरु गर्न सकेको छैन । यता राजनीतिक दल र स्थानीय जनप्रतिनिधि प्रभावित क्षेत्रका जनता सम्झाउन लागेको बताउँदै आएका छन् ।

स्थानीय जनतादेखि जनप्रतिनिधिहरु आफुहरु नौवस्ता औद्योगिक क्षेत्रको पक्षमा रहेको बताउँछन् । तर पनि बस्ती बिस्तारको काम यतिका समय बित्दा समेत सकिएको छैन । कतै षडयन्त्रको शिकार भएर नौवस्ता औद्योगिक क्षेत्र सपनामै सीमित हुने हो कि भन्ने चिन्ता र चासो बढ्न थालेको छ । नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीले कुनै पनि हालतमा नौवस्ता औद्योगिक क्षेत्र बन्नुपर्ने बताए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी अधिकारीको अध्यक्षतामा धेरै पटक भएको छलफलपछि अवरोध हटाउनका लागि प्राबिधिक समिति गठन भए । तर कसैले कार्यान्वयन गर्ने हिम्मत गरेनन् । तर बस्ती बिस्तारको उल्झन अहिलेसम्म समाधान हुन सकेको छैन ।
औद्योगिक क्षेत्रको डिपिआर गरेको क्षेत्र भित्र ६४ ओटा घरहरु रहेको भन्दै ती घरहरुलाई न्यायोचित तरिकाले व्यवस्थापन गर्न प्राविधिक समितिले सुझाव दिए पनि कार्यान्वयन भएन ।

उनले सो क्षेत्रमा हाल रहेको ३ सय ३८ बिगाह क्षेत्र बढाएर १ हजार बिगाह पुर्याउन सकिने आधारहरु रहेको दाबी गरे ।

उक्त क्षेत्रमा पूर्व सांसद नन्द लाल रोकायले औद्योगिक क्षेत्र निर्माणका लागि बाँकेबासी एक भएको भन्दै निर्माण पक्रिया सुरु गर्न माग गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?