ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

तिलोत्तमाकी पुष्पा मृत्यु प्रकरण : हत्या कि आत्महत्या ?

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले घटना अनुसनधानकै क्रममा रहेको बताए । “अनुसन्धानकै क्रममा रहेकाले घटनाबारे अहिल्लै केही भन्न सकिदैन, अनुसनधान टुंगिएपछि मात्रै यसबारेमा विस्तृत कुरा थाहा हुनेछ”–उनले भने ।
३१ श्रावण २०८०, बुधबार
३१ श्रावण २०८०, बुधबार

बुटवल, ३१ साउन ।

रुपन्देहीको तिलोत्तमामा ३६ वर्षीया महिलाको रहस्यमय मृत्यु भएको पाँच दिन बितिसक्दा पनि वास्तविकता बाहिर आउन सकेको छैन । पीडित परिवारले भने छिमेकीले हत्या गरेको आरोप लगाउँदै प्रदर्शन गर्दै आएका छन् ।

यही साउन २६ गते घरबाट बेपत्ता भएकी तिलोत्तमा नगरपालिका–४ ड्राइभरटोलकी पुष्पा टण्डनको शव २७ गते सालझण्डै नजीकै फायरलाइनमा फेला परेको थियो । फायरलाइनमा झुण्डिएको अवस्थामा उनको शव भेटिएको हो । मृतक पुष्पा गुल्मीकी हुन् ।

गुल्मी दरबार गाउँपालिकाकी पुष्पा आफ्नो एक छोरा र एक छोरीको साथमा रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ४ ड्राइभरटोलमा बस्दै आएकी थिइन् । ड्राइभरटोलमा पनि उनको आफ्नै घर रहेको बताइएको छ । पुष्पाको माइत गुल्मीको छत्रकोट गाउँपालिका वडा नम्बर ३ मा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

पुष्पाका श्रीमान भने यतिबेला वैदेशिक रोजगारीको शिलशिलामा कोरियामा छन् । घटना भएपछि उनी दुई दिनअघि मात्रै बुटवल आएका छन् । घटना शंकास्पद र निकै रहस्यमय रहेको र सुरुमा आफूहरुलाई प्रहरीले राम्रोसँग साथ नदिएको मृतकका आफन्तले बताएका छन् । प्रहरी चौकीमै आएर केही शंकास्पद व्यक्तिहरुले आफूहरुलाई हातपात समेत गरेको उनीहरुको गुनासो छ ।

घटनाको बारेमा एकपछि अर्को तथ्य खुल्दै जाने क्रममा अर्को रहस्यमय तथ्य समेत खुलेको छ । पुष्पाका छिमेकीले पुष्पाको १७ लाख रकम चलाएको कारणले छिमेकीले नै उनको हत्या गरेर घटना लुकाउन जंगलमा झुण्ड्याएको हुन सक्ने मृतकका आफन्तले आरोप लगाएका छन् । न्यूरो टिप्न गएका मानिसले पुष्पाको शव देखेपछि प्रहरीलाई खवर गरेका थिए । खवर आए लगत्तै प्रहरी घटनास्थलमा पुग्दा पुष्पा रुखमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । घटनास्थलमा विष समेत फेला परेको बताइएको छ । उनले लगाएका चप्पल शव भन्दा केही पर रहेको प्रत्यक्षदर्शीले बताएका छन् । उनको मोवाइल भिजेको थिएन । दुईवटा सिम मोवाइलबाट निकालेर झोलामा राखिएको थियो । उनको झोलाको फिता र मोटरसाइकलको साँचोमा राखिएको फिताले उनी पासो लगाएको, उनले लगाएको चश्मा पनि टाउकोमै रहेको थियो र खुट्टाले जमिनमा छोएको अवस्थामा फेला पर्नुले घटना रहस्यमय रहेको भन्दै सत्यतथ्य छानविन हुनुपर्ने पीडित परिवारको माग छ ।

पुष्पा यही साउन २६ गते शुक्रबार दिउँसो १२ बजेदेखि घरबाट हिंडेको र घरबाट निस्किएसँगै उनको फोन स्वीच अफ रहेको पुष्पासँगै बस्दै आएकी उनकी भदेनीले बताएकी छन् । उनका अनुसार घरबाट १२ बजेतिर निस्किएकी पुष्पा राति अवेरसम्म पनि नफर्किएपछि पुष्पाका छोराछोरीलगायत भदेनीले समेत लगातार उनलाई फोन हाने । तर उनको फोन स्वीच अफ बताइरह्यो । सधै घरबाट कतै जाने समयमा खवर गरेर जाने पुष्पा यसरी बिना खवर यति समयसम्म सम्पर्कबिहीन हुँदा छोराछोरी निकै डराए । राति अवेरसम्म पुष्पा घर नफर्किएको र फोन पनि नलागेपछि पुष्पाकी भदेनीले गुल्मीमा रहेका बुबा आमालाई फोन गरिन् । बुबा आमालाई पुष्पा सम्पर्कबिहीन भएकोबारेमा बताइन् । उनको बुबाले नजिकैको प्रहरी चौकीमा गएर रिपोर्ट लेखाउन सुझाव दिए । बुबाले बताए अनुसार उनले राति साढे १२ बजेतिर आफ्ना दुई साथी र पुष्पाका छोराछोरीसहित ६ जना भएर चौकीमा गएर पुष्पा सम्पर्कबिहीन भएको र खोजी गरीपाउँ भनेर रिपोर्ट पनि लेखाए ।

प्रहरीले पनि खोजीकार्य तीव्र पार्ने भन्दै नआत्तिन सुझाव दिएर उनीहरुलाई घर पठायो । चौकीबाट निस्किएर साइडमा बसेर उनीहरुले पुष्पाको चिनजानका मान्छेहरुसँग फोन गरेर उनको बारेमा सोधपुछ गरिरहेका थिए । त्यत्तिकैमा दुईवटा स्कुटीमा चारजना अन्जान व्यक्तिहरु आएर सोधपुछ गरे र आफूहरुले घटनाबारे बताएपछि उनीहरुसामु आएर आफूहरुमाथि हातपात गरेको पुष्पाकी भदेनीले बताएकी छन् । उनका अनुसार उनीहरु सबैजना ३०–३२ वर्षका थिए । घटना हुँदै गर्दा करिव २ मिनेटको दूरीमा रहेको प्रहरी पनि त्यहाँ आयो । तर प्रहरीले केही एक्सन नलिएको उनीहरुको गुनासो छ । भदेनीका अनुसार पुष्पाको दश्मनी उनको घर अगाडिकै मान्छेसँग थियो । छिमेकी लक्ष्मी पोखरेल भुसालले पुष्पा आफ्नो श्रीमानसँग लागेको भन्दै विभिन्न समयमा टर्चर दिंदै आएको मृतकका छोराले बताएका छन् । उनका अनुसार पुष्पाले छिमेकीलाई १७ लाख क्रृण समेत दिएकी थिइन् । पैसा माग्न जाँदा उनले तँलाई अनि तेरो छोराछोरीलाई मारिदिन्छु, तेरो बहिनीहरुलाई पनि रेप गर्न लगाउँछु भन्दै ब्ल्याकमेल गरी विभिन्न बहानामा धम्की दिंदै आएको बताइएको छ । छिमेकीले त्यस्तो भनेर धम्की दिएपछि शुक्रबार प्रहरी बोलाएर कागज गरी समस्या सुल्झाउने सहमति पनि भएको थियो । तर शुक्रबार दिउँसो १२ बजेदेखि नै पुष्पा घरबाट सम्पर्कबिहीन भइन् । २७ गते पुष्पा मृत अवस्थामा फेला परेपछि अघिल्लो दिन अमानवीय व्यवहार गरेका छिमेकीविरुद्ध जाहेरी दिन जाँदा प्रहरीले जाहेरी लिन नमानेको आफन्तको गुनासो छ ।

आफूहरु पुग्नुभन्दा पहिले नै प्रहरी र हत्याराको सेटिङ भइसकेको भन्दै प्रहरी प्रशासनले नै चासो नदेखाएकोपति आफन्तहरुले आपत्ति व्यक्त गरेका छन् । अहिले प्रहरीले हातपात गर्ने चारजनालाई नियन्त्रणमा लिएको छ भने शंकाको घेरामा रहेकी छिमेकी लक्ष्मीलाई पनि नियन्त्रणमा लिइ सोधपुछ गरिरहेको छ । मृत्य प्रकरणमा लक्ष्मी पोखरेल भुसाल र उनका श्रीमान् रञ्जित भुसालविरुद्ध आत्म हत्या दुरुत्साहनको किटानी जाहेरी परेको प्रहरीले जनाएको छ । मृतक पुष्पाको शव पोष्टमार्टम भएर रिपोर्ट प िआइसकेको छ । पोष्टमार्टमले आत्महत्या देखिएको छ । प्रहरीले भने यसबारेमा केही बताउन चाहेन ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले घटना अनुसनधानकै क्रममा रहेको बताए । “अनुसन्धानकै क्रममा रहेकाले घटनाबारे अहिल्लै केही भन्न सकिदैन, अनुसनधान टुंगिएपछि मात्रै यसबारेमा विस्तृत कुरा थाहा हुनेछ”–उनले भने । पीडितले दिएको किटानी जाहेरीका आधारमा प्रहरीले आवश्यक अनुसन्धान गरी अदालतमा पेश गर्ने र अदालतले नै कानुनबमोजिम फैसला गर्ने थापाले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?