© २०२३
बुटवल, ३१ साउन । शिक्षक कर्मचारीलाई भलिबल खेलप्रति आर्कषिक गर्दै खेल प्रबद्र्धन गर्ने उद्देश्यले बुटवलमा प्रतियोगिता गरिएको छ । लाफा समूह बुटवलले आयोजनामा प्रथम अन्तर विद्यालय शिक्षक कर्मचारी भलिबल प्रतियोगिता भएको हो ।
मंगलबार भएको फाईनल खेलमा सिद्धार्थ माबिलाई २—० को सोझो सेटमा पराजित गर्दै न्यु होराजन माबि बिजेता बनेको हो । विजेता न्यु होराईजन माबि नगद २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भयो । उपविजेता सिद्धार्थ मावि भने नगद १५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।
तेस्रो स्थानको लागी भएको खेलमा कालिका माविले एभरेष्ट माबिलाई २—० को सोझो सेटमा पराजित गरेको छ । कालिका मावि तृतीय हुदै नगद १० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत भए । सान्त्वना भएको एभरेष्ट माबिले नगद ५ हजार रुपैया, प्रमाणपत्रबाट पुरस्कृत भयो । खेलमा न्यु होराइजनका नरेन्द्र सारु उत्कृष्ट खेलाडी, सिद्धार्थका लोकेन्द्र भण्डारी उत्कृष्ट स्पाईकर र एभरेष्टका अर्जुन घिमिरे उत्कृष्ट सेटर घोषित हुदै पुरस्कृत भए ।
एक समारोहका बिच विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीलाई एक समारोहका बिच बुटवल उपमहानगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष यज्ञ प्रसाद पंगेनी, लाफा समूहका अध्यक्ष बबिन थापा, संरक्षक बासुदेब लामिछाने, सल्लाहाकार चक्र बहादुर रानाले बितरण गरे । प्रतियोगिता तीन दिनसम्म चलेको खेल संयोजक बिजय गुरुङले बताए ।