© २०२३
काठमाडौं,३० साउन । त्रिभुवन विमानस्थलबाहिरबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको तस्करीको सय किलोग्राम सुन गालेर जोख्दा ६० केजी ७१६ ग्राम कायम भएको छ।
मोटरसाइकलको ब्रेक सुबाट छुट्याएर गालिएको सुन तौल गर्दा ६० केजी ७१६ ग्राम केजी मात्रै भएको हो।
नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा गालिसकेपछि सुन जोखिएको हो।
मंगलबार बिहान साढे १० बजेबाट सुन गालिएको थियो। छुट्याइएको सुन गालिएपछिको यकिन परिमाण निकाल्न जोखिएको टक्सार महाशाखाका प्रमुख थानेश्वर आचार्यले जानकारी दिए।
गालेपछि सुनको मात्रा अझै घट्नसक्ने अनुमान थियो। त्यहीअनुसार सुन केही ग्राम घटेको हो। अब गुणस्तर र आर्थिक परीक्षणको काम थालिने आचार्यले बताए।
राजस्व अनुसन्धान विभागले बरामद गरेको करिब १०० केजी सुन ब्रेक सुबाट निकालेर नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा चेकजाँच गराएको हो।
उक्त सुन ब्रेक सुबाट निकालेर छुट्याउँदै तौल गरिँदा सोमबार सुन मात्रैको तौल ६० केजी ७८९ ग्राम भएको थियो।