© २०२३
चन्द्रौटा(कपिलवस्तु), ३० साउन ।
आवर मदरल्याण्ड ईङग्लीस स्कूलले बालबालिकाप्रति अभिभावकको भुमिका विषयमा अन्तरक्रिया कार्यक्रम गरेको छ । जिल्लाको चन्द्रौटा अस्थिति लुम्विनी सिद्धार्थ ग्रिन रिर्सोटमा अभिभावकहरुका बीच घरमा अभिभावकले विधार्थीहरुलाई निभाउनुपर्ने भुमिका बारेमा प्रशिक्षण दिइएको जनाइएको छ ।
अभिभावकबाट विद्यालयमा आउने समस्या, लागुपद्धार्थ दुव्र्यसनीमा फस्न नदिन अभिभावकको जिम्मेवारी घरेलु हिंसावाट जोगाउने , विद्यार्थीहरुको अध्ययनप्रति अभिभावकको सहजीकरण लगायतका विषयमा बाल मनोविज्ञानको क्षेत्रमा काम गर्ने प्रकाश घिमिरेले सोमबार सहजीकरण गरेका व्यवस्थापन समितिका अध्यक्ष शरद अधिकारीले जानकारी दिए ।
बालबालिका असल सामाजिक संस्कार र अध्ययनप्रति चनाखो बनाउनको लागि अभिभावक प्रशिक्षण कार्यक्रम राखिएको अध्यक्ष अधिकारीले बताए । अभिभावकहरुको असल संस्कार र विद्यालयको पुर्ण जिम्मेवारी बिना विधार्थीहरुको अध्ययनस्तर केन्द्रीत हुन नसकने भएकाले सचेतना कार्यक्रम सञ्चालन गरिएको उनको भनाई छ ।
शैक्षिक गुणस्तरता कायम गर्नको लागि केहि समय पहिला शिक्षकलाई पनि प्रशिक्षण गरिएको अधिकारीले जनाए । यसैबीच उद्योग वाणिज्य संघ चन्द्रौटाका उपाध्यक्ष नारायण भाट, सरोज पौडेल, व्यापार संघका महासचिव गोपाल बन्जाडे, लगायतले प्रशक्षिण दिँदै विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा बृद्धि गर्न अभिभावकहरुको निगरानी गर्न जरुरी रहेको भन्दै कार्यक्रमलाई सम्बोधन गरेका थिए ।