© २०२३
काठमाण्डौ, २९ साउन । अर्जेन्टिनामा राष्ट्रपति पदको निर्वाचनका लागि प्राथमिक चुनाव भएको छ । देशभर १७ हजार ४ सय ३१ सार्वजनिक र निजी विद्यालयहरुमा स्थापना गरिएको मतदान केन्द्रहरुमा निर्वाचन गरिएको थियो ।
आगामी २२ अक्टुबरमा हुने आम चुनावका लागि उम्मेदवारी चयन गर्न आईतवार प्राथमिक निर्वाचन गरिएको हो । राष्ट्रपति पदको उम्मेद्वार बन्न १७ जना बढी विभिन्न दलका नेता तथा स्वतन्त्र व्यक्तिहरुले प्राथमिक निर्वाचनमा भाग लिएका थिए ।
करिव ३ करोड ५३ लाख ९४ हजार ४२५ अर्जेन्टिनावासीहरुलाई मतदानका लागि बोलाइएको थियो । अर्जेन्टिनामा अनिवार्य मतदान गर्नुपर्ने नियम छ । मतदाताहरुले २०२३/२०२७ को राष्ट्रपतिको कार्यकालका लागि १७ जना राष्ट्रपति पदका आकांक्षीहरु र उनीहरुको दौडमा रहेका प्रतिष्पर्धीहरुबाट आफ्नो देशको राष्ट्रपति चयन गर्न सक्नेछन् ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।