© २०२३
काठमाडौं,२९ साउन । नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपालले आफू भाग्ने खालको मान्छे नभएको बताएका छन् । साथै उनले ललिलता निवास जग्गा प्रकरणमा आफ्नो नाम मुछिएपनि आफूले कुनै कमजोरी नगरेको भन्दै त्यसको छानबिनका लागि सहयोग गर्न तयार रहेको बताए ।
सोमबार युरोपबाट नेपाल फर्केपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले पूर्व निर्धारित कार्यक्रमअनुसार युरोप भ्रमणमा गएका बेला माधव नेपाल भाग्यो भनेर समाचारहरु प्रकाशित भएकोमा उनले चित्त दुखाए । आफूले नबिराएको, कुनै अपराध नगरेको र लेनदेन नगरेको हुंदा नआत्तिएको बताए । अध्यक्ष नेपालले आफूले कुनै अपराध नगरेकाले बालुवाटार जग्गा प्रकरणमा आफ्नो नाम जोडिए पनि संलग्नता नरहेको दाबी गरे ।
अध्यक्ष नेपालले आफू लतारिएर स्वदेश नफर्केको पनि बताए । आफू युरोप जाने तयारीमा रहनु र सर्वोच्चको आदेश काकतालि जस्तै भएको पनि उनले सुनाए । उनले देशको परिस्थितले गर्दा आफू दुई देशको भ्रमण छोट्याएर फर्किएको बताए ।