© २०२३
काठमाडौं,२९ साउन । नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधव कुमार नेपाल युरोपका विभिन्न देशको भ्रमण छोट्याएर स्वदेश फर्किएका छन् ।
अध्यक्ष नेपाल युरोपका विभिन्न देशहरू स्विजरल्याण्ड, स्पेन, क्रोएसिया र बेलायतका देशको भ्रमणका लागि गत साउन २२ गते त्यसतर्फ गएका थिए । प्रवासी नेपाली एकता मञ्च युरोपले आयोजना गर्ने कार्यक्रममा सहभागी भएर नेता नेपाल भदौ १ गते स्वदेश फर्कने कार्यतालिका रहेपनि उनी चार दिनअघि नै स्वदेश फर्किएका हुन् ।
ललिता निवास, सुन प्रकरण लगायतका घटनाक्रमहरु विकसित भएकाले स्वदेश फर्कन पार्टीकै नेताहरूले आग्रह गरेपछि पुर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपाल भ्रमण छोट्याएर फर्किएको पार्टी नेताहरूले जनाएका छन् ।
ललिलता निवास जग्गा प्रकरणमा नेपाल र बाबुराम भट्टराई माथि अनुसन्धान गर्न सर्वोच्चले आदेश दिएको भोलिपल्ट नेपाल युरोप भ्रमणमा गएपछि उनको आलोचना भएको थियो ।