© २०२३
दाङ,२८ साउन । दाङमा चेक अनादर मुद्धाका फरार प्रतिबादी पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका १६ का ३१ वर्षिय बिरेन्द्र खड्कालाई पक्राउ गपरएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक राजनकुमार गौतमले जानकारी दिएका छन् । २०७९ असार ३० गते दाङ जिल्ला अदालतले चेक अनादर मुद्दामा दुई बर्ष सजाय फैसला गरेको थियो । फरार रहेका खड्कालाई खोजतलास गर्दै जाँदा मिति २०८० साउन २६ गते घोराही उपमहानगरपालिका –१४ गोर्खा हस्पिटल अगाडी हिडिरहेको अबस्थामा फेला पारी पक्राउ गरेको हो ।
प्रहरीले अपराधिक गतिबिधिका घटनामा संलग्न रही फरार रहेका व्यक्तिहरू सम्वन्धि कुनै पनि जानकारी वा सूचना भएमा तत्काल प्रहरी कार्यालयमा जानकारी गराउन हुन सम्पूर्ण दाङ जिल्लावासीहरुमा हार्दिक अनुरोध गरेको छ ।