© २०२३
काठमाडौं,२८ साउन । अर्थमन्त्री डा. प्रकाशशरण महतले सुन प्रकरणमा आफ्नो संलग्नता देखिएको प्रमाण ल्याए पदमा नबस्ने बताएका छन् ।
आइतबार बसेको कांग्रेस संसदीय दलको बैठकमा अर्थमन्त्री महतले सुन तस्करीमा आफ्नो संलग्नता कल्पनाभन्दा बाहिरको विषय भन्दै कसैले प्रमाण दिए तत्काल मन्त्री पद छाड्ने बताए ।
आफूमाथि व्यर्थको लाञ्छना लगाएर अनावश्यक शंका गर्ने काम भएको उनले गुनासो गरे ।
आफूले कुनै पनि विषयमा स्वार्थ नसाँधेको उनले बैठकमा सुनाए । करका दरदेखि लिएर विगतमा कत्ति मन्त्रीहरुले स्वार्थ साँधेर गलत गरेका उदाहरणहरु रहेका तर आफुले कुनै पनि विषयमा स्वार्थ नसाँधेको उनले दावी गरे ।