© २०२३
काठमाडौं,२८ साउन । नेपाली कांग्रेसका प्रवक्ता तथा अर्थमन्त्री डा. प्रकाशशरण महतले एमालेले संसदलाई बन्धक बनाएको आरोप लगाएका छन् । संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमालेले सत्तामा नहुँदा संसदलार्इृ बन्धक बनाएको आरोप लगाए ।
उनले सुन प्रकरणको विषयमा अनुसन्धान जारी रहेको बताउँदै सरकार पूर्वाग्रही नहुने जिकिर गरेका छन् ।
उनले अहिले सत्ता समीकरण फेरिने कुनै सम्भावना नरहेको दाबी गर्दै अफवाह फैलाएको दाबी गरे । सांसद सुनिल शर्मालाई इंगित गर्दै महतले पार्टीका सांसदहरुले पार्टी अनुशासनमा बस्न सक्नुपर्ने बताए ।