Butwal Today

कांग्रेस संसदीय दलको बैठक बस्दै,सांसद शर्मा पक्राउबारे आधिकारिक धारणा आउने

२८ श्रावण २०८०, आइतबार
अ+
अ-

काठमाडौं,२८ साउन । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ ।

पार्टीका सांसद डा. सुनिल शर्मा पक्राउ प्रकरणबारे छलफल गर्न कांग्रेसले दलको बैठक बोलाएको हो ।

आजको बैठकले शर्माको पक्राउबारे आधिकारिक धारणा बनाउने छ ।

नक्कली सर्टिफिकेट प्रकरणमा डा. शर्मालाई प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला अदालत काठमाडौंको आदेशमा शर्मा पक्राउ परेको दुई दिनमा नै थुनामुक्त भएका थिए । डा. शर्माले सय केजी सुन तस्करी प्रकरणमा गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्दैृ आएका थिए । राजीनामा मागेकै कारण आफूलाई पक्राउ गरिएको भन्दै सांसद शर्माले माओवादीसंगको सत्ता सहकार्यबारे पुनर्विचार गर्नुपर्ने अन्यथा कांग्रेस सिद्धिने बताउंदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?