© २०२३
बुटवल, २८ साउन। होटल तथा रेष्टुरेन्ट ब्यवसायी संघ रुपन्देही अन्तरगत कन्चन गाउपालिका शाखाको शनिबार अधिवेसन सम्पन्न भएको छ । अधिवेसनबाट ब्यवसायी सन्तोष थापाको अध्यक्षतामा नया नेतृत्व १३ सदस्यीय नया समिति सर्वसम्मत चयन भएको छ । जसको उपाध्यक्ष होम बहादुर त्रामु, सचिव रबि पौडेल, कोषाध्यक्ष प्रकाश थापा, सहकोषाध्यक्ष धन बहादुर पुन, सहसचिव चन्द्रकान्त सुवेदी, सदस्यहरुमा पुर्णकला थापा, सीता आचार्य, दुर्गा थापा, नारायण आचार्य, टिकाराम बिक, रोबिन पुलामी, मान बहादुर थापा सर्वसमत चयन भएका छन ।
यसैगरि संस्थाको सल्लाहकारमा केशर बहादुर खत्री, मधु सापकोटा, किरण केसी, बिष्णु सुवेदी, लालुराम पाण्डे मनोनत भएका छन ।
कार्यक्रमको उद्घाटन गर्दै कंचन गाउपालिका वडा नं ४ का वडाअध्यक्ष केशर बहादुर खत्रीले पर्यटन विकासको आधार भएको बताए । गाउपालिकामा रहेका धार्मिक, सास्कृतिक, पर्यटकिय क्षेत्रहरुको विकासमा आफु लाग्ने भन्दै नीजि क्षेत्रबाट समेत सहयोगको आग्रह गरे । कार्यक्रममा उनले पर्यटन क्षेत्र उकास्न होटल ब्यवसायीहरुको योगदानबारे प्रकाश पार्दै आगामी वर्षदेखी होटल ब्यवसायीहरुको क्षमता विकासमा स्थानिय सरकार सहकार्य गर्दै बजेट बिनियोजन गर्न तयार रहेको बताए । सीप बिकासका कार्यक्रमहरुमा अहिले बिनियोजना गरेको रकमलाई थप गरि १० लाख रुपैया बनाउने उनले प्रतिवद्धता जनाए ।
कार्यक्रममा वडा नं ३ का वडाअध्यक्ष मधु सापकोटा, होटल ब्यवसायी महासंघ लुम्बिनी प्रदेशका सदस्य लालुराम पाण्डे, होटल ब्यवसायी पुर्व कार्यसमिति सदस्य विष्णु सुवेदी, जिल्ला अध्यक्ष अध्यक्ष लेखनाथ भण्डारी, द्धितिय उपाध्यक्ष प्रेम भट्टराई, सहसचिव अर्जुन पोखरेल, केशव पाण्डेले जिल्लामा विभिन्न ईकाइहरु गठन गर्दै ब्यवसायीहरुलाई संस्थागत रुपमा एकतावद्ध गर्ने काममा जोड दिएको बताए ।
कार्यक्रममा संघका सचिव थम्मन बहादुर भण्डारीले जिल्ला संघ अन्तरगत पालिकास्तरमा अधिवेसन गरेर नया नेतृत्व सर्वसम्मत चयनभएसंगै स्थानिय पर्यटनको क्षेत्रमा संस्थागत रुपमा सरोकारवाला संस्थाहरुसंग सहकार्य गर्न सहज हुने बताए ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी