ट्रेंडिंग:

>> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते >> एमाले सचिवालय बैठक २ बजेलाई सर्‍यो

राष्ट्रिय युवा संघ कपुरकोटमा नयाँ नेतृत्व चयन

२७ श्रावण २०८०, शनिबार
२७ श्रावण २०८०, शनिबार

सल्यान, २७ साउन । राष्ट्रिय युवा संघ नेपाल, कपुरकोट गाउँपालिका कमिटिको तेश्रो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनबाट अध्यक्ष पदमा फेरि अर्को एक कार्यकालका लागि मिलन पुनलाई चयन गरेको छ । जसको उपाध्यक्षमा चन्द्रमणी खड्का, सचिवमा इश्वर केसी, उपसचिवमा बल बहादुर वली र मंगली बिक तथा कोषाध्यक्षमा लुद्र बहादुर राना चयन भएका छन् । कपुरकोटमा सम्पन्न अधिवेशनले २१ सदस्यिय राष्ट्रिय युवा संघ नेपाल, कपुरकोट गाउँपालिका कमिटि निर्माण गरेको युवा संघ सल्यानका जिल्ला कमिटी सदस्य पन्चबिर बुढाले जानकारी दिए ।

उद्घाटन सत्रमा मन्तव्य राख्दै एमाले सल्यानका सचिव ओज बहादुर बुढाथोकीले नेकपा एमाले सल्यानमा कमजोर नभएको भन्दै स्वार्थी र लोभमा फसेका केही व्यक्तिहरु मात्रै विभाजनमा सहभागी भएको बताए। समाजवादिमा लागेका केन्द्रीय, प्रदेश तथा जिल्ला स्तरका धेरै नेता कार्यकर्ता एमालेमा फर्किसकेको जनाउँदै उनले एमाले झन बढी मजबुत र संगठित बन्ने धारणा राखे ।

छत्रेश्वरी गाउँपालिकाका अध्यक्ष समेत रहेका बुढाथोकीले युवाहरुको लगनशीलता र मिहेनतले समाज रुपान्तरणमा प्रमुख भुमिका राख्ने बताए । देशैभरी एमालेप्रती युवा आकर्षण बढिरहेको भन्दै उनले युवाहरु उत्पादन मुलक काममा लाग्नुपर्ने र समाजका हरेक क्षेत्रको नेतृत्व गर्नुपर्ने बताए ।

कार्यक्रममा युवा संघका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला अध्यक्ष रुपक बुढा, एमाले सल्यानका सचिवालय सदस्यहरु घनश्याम शर्मा, ओम बहादुर बुढा, पार्टी जिल्ला कमिटी सदस्य मधुसूदन गिरी, जिल्ला कमिटी सदस्य तथा पालिका कमिटी अध्यक्ष द्रोण केसी, युवा संघक कर्णाली प्रदेश कमिटी सदस्य डिल्ली खड्का, राष्ट्रिय युवा संघ सल्यानका उपसचिव दिलिप रावत, एमाले कपुरकोटका सचिव मित्र कठायतले मन्तव्य राखेका थिए ।

कार्यक्रममा जिल्ला कमिटी सदस्य तेज बहादुर राणा, युथ फोर्स नेपालका केन्द्रीय सदस्य कुबेर केसी, एमाले कपुरकोटका उपसचिव इश्वर बुढा र रुपलाल बुढाथोकी, युवा संघका जिल्ला कमिटी सदस्यहरु निर्माण राना, एमाले कपुरकोट २ का अध्यक्ष नवराज बुढा, ६ का अध्यक्ष पुर्णसिंह बोहोरा लगायतको पनि सहभागिता थियो ।

नेकपा एमालेको युवा संगठन राष्ट्रिय युवा संघ नेपाल सल्यानले स्थानिय तहहरुमा पालिका कमिटीको अधिवेशनलाई तिब्रता दिइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?