© २०२३
पाल्पा, २६ साउन ।
पाल्पामा डेंगी संक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । युनाइटेड मिसन अस्पताल तानसेन पाल्पामा उपचारको क्रममा वालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा वालिङ नगरपालिका वडा नंं ११, स्याङजा आमडाँडाकी ११ महिनाकी बालिका रहेकी छन । डेंगी पोजेटिभ बालिकाको उपचारका क्रममा बिहीबार मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
यसअघि साउन २१ गते आइतवार तानसेन नगरपालिका वडा नंं ६, बर्तुङकी ६९ वर्षीया महिलाको डेंगी सक्रमणकै कारण मिसन अस्पतालमै उपचारका क्रममा मृत्यु भएको थियो । पाल्पाका ३ अस्पतालहरु मिसन, पाल्पा अस्पताल र लुम्बिनी मेडिकल कलेजमा डेंगीबाट ७० जना भन्दा बढी व्यक्ति संक्रमित भइसकेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ