Butwal Today

सुन तस्करी प्रकरणमा व्यापारी रोहन अदुकिया विमानस्थलबाट पक्राउ

२६ श्रावण २०८०, शुक्रबार
अ+
अ-

काठमाडौँ, २६ साउन ।

सुन तस्करी प्रकरणमा संलग्न व्यापारी रोहन अदुकिया पक्राउ परेका छन्। उनी व्‍यापारी राकेश अडुकियाका छोरा हुन् ।  ३० वर्षीय उनलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार पक्राउ गरेको हो।

उनी दिल्लीबाट एडिक एयरमार्फत दिउँसो १ बजे विमानस्थल आइपुगेका थिए। लगत्तै प्रहरीले पक्राउ गरेर उनलाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाएको छ।

गत साउन ३ गते हङकङ हुँदै नेपाल भित्रिएको १०० केजी सुन प्रकरणमा भरिया र व्यापारीहरु पक्राउ पर्ने क्रम जारी छ।