© २०२३
बुटवल,२६ साउन । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सय केजी सुन तस्करी प्रकरणमा नेकपा एमालेले उच्च स्तरीय छानवीन समिति गठनको माग गर्नु गलत नभएको बताएका छन् ।
पार्टीले शुक्रबार बुटवलमा गरेको पत्रकार भेटघाटमा बोल्दै नेता भट्टराईले माओवादी लडाकु शिविर (क्यान्टोन्मेन्ट) मा भएको घोटालाको पनि छानवीन हुनुपर्ने बताए । क्यान्टोन्मेन्टमा भएको घोटाला सहित विमान घोटालासम्म सबैको उच्चस्तरीय छानवीन हुनुपर्ने भट्टराईले बताए ।
विगतमा भट्टराईले लडाकु शिविरमा घोटाला भएको बताउने गरेको तर अहिले चुप लागेको भन्ने पत्रकारको प्रश्नमा उनले व्यक्ति हेरेर एउटा एउटा भन्दा पनि सबै भ्रष्टाचारको छानवीन गरी निकर्षमा पु¥याउनुपर्ने बताए ।
आफू सत्तामा हुंदा विपक्षीलाई तर्साउन फाइलहरु खोल्ने गरिएपनि ठूला दलहरुबीच लाभका पदहरुमा भागबण्डा गरेर अनुसन्धान बीचमै सामसुम हुने गरेको भट्टराईले बताए ।
ललिता निवास जग्गा प्रकरणमा आफूले छानवीनमा सघाउने र खुशीसाथ बयान दिन जाने उनले बताए । ‘मैले त विगतदेखि नै सबै खाले भ्रष्टाचारको शक्तिशाली आयोग बनाएर उच्चस्तरीय छाननवीन गरौं भन्दै आएको हुं,ललिता निवास जग्गा प्रकरणमा पनि बयानका लागि तयार छु,जानेको बुझेको बताउंछु’–उनले भने ।
पत्रकारको प्रश्नमा नेता भट्टराईले लुम्बिनी विकास कोषमा चरम विवादित व्यक्ति ल्हारक्याल लामालाई नियुक्त गर्नु ठीक नभएको बताए ।
दलका मुख्य नेताले नियुक्ति हुने व्यक्ति छान्ने विवधि समेत ठीक नहुदा लामा जस्ता विवादित व्यक्ति लुम्बिनी विकास कोषमा नियुक्त हुन पुगेको बताए ।
नेपालमा अहिले पनि वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता रहेको दोहो¥याउंदै भट्टराईले विगतमा आफू हतारिएर अरुको चिन्ह लिएर चुनावमा जानु र सबै मुद्दा नमिल्दै पार्टी एकीकरण गरेर गल्ती गरेको स्वीकारे ।