ट्रेंडिंग:

>> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र

राखेप खेल कर्मचारी आन्दोलनमा

२८ वर्षपछि हुन लागेको बढुवा प्रक्रिया युवा तथा खेलकुद मन्त्रालयले अवरोध पुर्याएको आरोप
२६ श्रावण २०८०, शुक्रबार
२६ श्रावण २०८०, शुक्रबार

काठमाण्डौ, २६ साउन । राष्ट्रिय खेलकुद परिषदका कर्मचारीको २८ वर्षपछि हुन लागेको बढुवा प्रक्रिया युवा तथा खेलकुद मन्त्रालयबाट अवरोध पुर्याएको भन्दै राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघ आन्दोलनमा उत्रिएको छ । राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघले बिहीवार पत्रकार सम्मेलन गरि चरणवद्ध आन्दोलन गर्ने घोषणा गरेका छन् ।

करिव तीन दशकसम्म बढुवा नभएका कर्मचारीको पदोन्नतीका विषयमा काम भइरहँदा मन्त्रालयले त्यसलाई रोक्न काम गरेको भन्दै चरणवद्ध रुपमा आन्दोलन गर्ने राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघकी अध्यक्ष सरस्वती केसीले बताईन । देशभर जिल्ला खेलकुद र केन्द्रमा गरेर करारसहित करिव आठ कर्मचारीहरु नेपाली खेलकुदमा छन् । यद्यपि यीमध्ये केही २८ वर्षसम्म एउटै पदमा कार्यरत कर्मचारी पनि छन् । उनीहरुको बढुवा प्रक्रियाका लागि लामो समयदेखि प्रयास भएपनि हुन नसकेको उनले दुखेसो गरिन । पछिल्ला समय भने नियमसम्मत रुपमा तीन सय ८५ जना कर्मचारीको बढुवा प्रक्रियाको काम अन्तिम चरणमा पुगेपछि युवा तथा खेलकुद मन्त्रालयले रोकेको उनले आरोप लगाईन ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङको संयोजकत्वमा रहेको पाँच सदस्यीय पदपूर्ती समितिले आवश्यक प्रक्रिया पुर्याएर लामो समयदेखि बढुवा नभएका कर्मचारी (प्राविधिक र प्रशासनिक) बढोन्नतीको काम अगाडि बढाएको थियो । उक्त पदपूर्ति समितिको सदस्यहरुमा राखेपका विभागीय प्रमुख, खेलकुद मन्त्रालयको प्रतिनिधि र खेलकुद विज्ञ (विजेन्द्र हमाल र चन्द्रकान्त पण्डित) थिए । तर, मन्त्रालयका प्रतिनिधिले भने बढुवा प्रक्रिया अगाडि बढाउन नमानेको कर्मचारीहरुको आरोप छ । राखेपका कर्मचारी संघका महासचिव कुमार बस्नेतले मन्त्रालका सहसचिवद्वय कुमार दाहाल र युगनारायण श्रेष्ठले कर्मचारीहरुको बढुवा प्रक्रिया रोकेको आरोप लगाए ।

कर्मचारी सेवाशर्त नियमावलीमा अधिकृतभन्दा तल १२ वर्ष, अधिकृतको १५ वर्ष, अधिकृत द्वितीयदेखि प्रथममा १८ वर्षसम्म एउटै पदकमा काम गरेको र आवश्यक शैक्षिक योग्यता पनि पुगेका बढुवा हुन पाउने प्रक्रिया रहेको राखेपअन्तर्गत कर्मचारी संघले जनाएको छ । आफूहरुको माग सुनुवाई नभए प्रशिक्षकहरुले प्रशिक्षणको कार्यक्रम नै नगर्ने कर्मचारीहरुले चेतावनी दिएका छन् ।

भिडियो सामग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?