© २०२३
नवलपुर, २६ साउन ।
पानी परेपछि प्रायः बन्द हुने र पानी पर्न छाडेपछि संचालनमा आउने कालीगण्डकी करिडोरको पूर्वी नवलपरासी खण्ड मंगलबारदेखि पूर्णरुपमा बन्द भएको छ ।
दुुई दिन देखि परेको अविरल वर्षाका कारण दर्जनौं ठाउँमा पहिरो जाँदा र तरँगा खोलामा बाढी आउँदा यातायात पूर्णरुमपा बन्द भएको लेकबेंसी यातायात प्रालिका सदस्य जनक श्रेष्ठले बताए । गैंडाकोटबाट पहाडी बुलिङटार र बौदीकाली गाउँपालिका हुँदै पाल्पा रामपुुर राम्दी, स्याङ्जा चल्ने कालीगण्डकी करिडोर र दलदले धौबादी हुँदै बुलिङटार जोड्ने पहाडी सडक शुक्रबार बिहान देखि अवरुद्ध भएको छ ।
वर्षाले पहिरो गएपछि मंगलबार बिहान देखि पहाडी क्षेत्रमा यातायात अवरुद्ध हुन पुगे पछि यो बाटो भएर हिंड्ने यात्रुहरुलाई सास्ती भएको बुलिङंटार १ का बलबहादुर आले मगरले बताए । गैडाकोट हुँदै बुुलिङटारको कोटथर, डाडाँझेरी, बुलिङ्गटार, अर्खला, भारतीपुर, मिथुकरम, डेढगाउँ, रकुवा, रुचाङ, नरम, जौबारी, धौवादी हुँदै पाल्पा, राम्दी सम्म चल्ने दुई वटा सडक एक दर्जन ठाउँमा पहिरो जाँदा अवरुद्ध भएपछि अब बाटो सुचारु हुन समय लाग्ने बौंदीकाली गाउँपालिकाका अध्यक्ष प्रकाश ओझाले बताएका छन् ।
दलदले धौबादी सडक खण्डको कुमसोत पाँग्रे, अर्खला, देवचुुली लगायतका दर्जन ठाउँमा पहिरो जाँदा अवरुद्ध बनेको र वर्षा निरन्तर भैरहेकाले बाटो मर्मतका लागि समय लाग्ने र पानी रोकिएपछि काम थाल्न सकिने देवचुलीे मोटरबाटो उपभोक्ता समितिले जनाएको छ ।
उता गैंडाकोट कालीगण्डकी मोटरबाटोमा दर्जनौ स्थानमा पहिरो गएको र तरँग खोलामा पुल बन्न नसक्दा खोला तर्न नै नसकिने भएकाले यातायात बिहानदेखि बन्द भएको छ । यो रुटमा दैनिक दुई सय बढीको संख्यामा सवारी साधन गुड्ने गर्दछन् तर अहिले बाटो बन्द भएपछि आवातजावत पूर्णरुपमा नै बन्द भएको स्थानीय विरबहादुर मगरले बताए ।