ट्रेंडिंग:

>> पाच दिने वुमन्स क्रिकेट क्याम्प समापन >> रोटरी बुटवलमार्फत ५० हजार रुपैयाको छात्रवृत्ति वितरण >> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन

खुकुरी प्रहार गरी ज्यान मार्ने उद्योगमा ६ जना पक्राउ

२६ श्रावण २०८०, शुक्रबार
२६ श्रावण २०८०, शुक्रबार

दाङ, २६ साउन ।

दाङमा धारिलो हतियार (खुकुरी) प्रहार गरी ज्यान मार्ने उद्योगमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बंगलाचुली गाँउपालिका वडा नं १ जुम्लेपानी घर भई हाल घोराही उपमहानगरपालिका –१८ का २० वर्षका देवेन्द्र कवर मगर, घोराही –१९ सैघा घर भई घोराही –१८ निवासी १७ वर्षका युवक, ं घोराही –१८ मसिना निवासी १५ वर्षका एक युवक, घोराही –१४ गणेश मन्दिर टोल बस्ने निवासी १६ वर्षका एक युवक, घोराही –१८ का १७ वर्षका एक युवक र घोराही उपमहानगरपालिका –१८ भंगीटोल निवासी १७ वर्षका एक युवक गरी छ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । अपराधमा संलग्न युवाहरु २० वर्ष उमेर भन्दा कम भएकाले नाम नखुलाइएको जनाइएको छ ।

घोराही उपमहानगरपालिका १८ शङ्खे पिपल नजिक लाहुरेडाँडा बस्ने नरबहादुर पुनको छोरा १८ वर्षका तिर्थबहादुर पुनलाई अपरिचत सात जना व्यक्तिहरुको समूहले यही साउन १० गते धारिलो हतियार (खुकुरी) प्रहार गरी घाइते बनाएका थियो । घाइतेको टाउको, अनुहार र बाँयाहातको कान्छी औँला बाहेक सबै औँलाको हड्डी काटिएर गम्भीर घाइते भएको अबस्थामा वडा प्रहरी कार्यालय घोराही दाङको प्रहरी टोलीले फेला पारेको थियो । तत्काल राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचारको लागि पठाइएको थियो । अवस्था गम्भीर भएकाले थप उपचारका लागि साउन ११ गते मेडिकल कलेज भैरहवामा रिफर गरिएको थियो ।

हालसम्म पनि सोही अस्पतालमा उपचार भईरहेको घटना सम्बन्धमा तत्काल खुकुरी प्रहार गर्ने व्यक्तिहरु र खुकुरी प्रहार गर्नुको कारण समेत नखुलेकोमा वारदात स्थल र घटना प्रकृतिलाई विविध प्राविधिक तथा मानवीय तवरबाट अनुसन्धान एवं सो घटना केन्द्रित सर्च अपरेसन चलाई फरार व्यक्तिहरूलाई खोजतलास गर्ने क्रममा १४ दिन पश्चात साउन २४ गते पक्राउ गरिएको हो ।

अनुसन्धानको क्रममा खुल्न आएका सो घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एव निमित्त प्रहरी प्रमुख राजनकुमार गौतमले जानकारी दिए । ‘पीडितबाट ज्यान मार्ने उद्योग’ सम्बन्धी कसुरमा जाहेरी लिई दाङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?