© २०२३
चन्द्राैटा(कपिलवस्तु), २५ साउन ।
डेंगी राेग नियन्त्रण अभियान सम्बन्धि सराेकारवालाहरुसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम गरिएको छ । शिवराज नगरपालिकाकाे आयाेजनामा बिहीबार एक अन्तरक्रिया कार्यक्रम गरिएको नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख अजय थापाले वरिपरिको वातावरण सफा राख्नु जरुरी रहेकाे बताए । पछिल्लो समय डेंगु राेगकाे महामारी फैलिएकोले नगरवासीलाई सुरक्षित रहन उनले आग्रह गरे ।
यसकाे उपचार नरहेकाेले झुलकाे प्रयाेग निरन्तर गर्नुपर्नेमा जाेडदिँदै छरछिमेकीलाई समेत जनचेतना फैलाउने बताए । यसैबीच चन्द्राैटा उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरी प्रसाद पाण्डेले पछिल्लो समय महामारीकाे रुपमा फैलिएकाे आइफ्लु र डेंगु राेगबाट बच्न आवश्यक रहेकाे बताए । हाेटेल व्यावसायी संघ कपिलवस्तुका उपाध्यक्ष पदम ढकाल, शस्त्र प्रहरी बलका कञ्चन थापा, राष्ट्रिय मानव अधिकार प्रतिष्ठान कपिलवस्तुका अध्यक्ष विष्णु प्रसाद खतिवडा लगायतले यस्ता राेगबारे ग्रामिण भेगका समुदाय स्तरमा जनचेतनामूलक कार्यक्रम गर्न आग्रह गरेका थिए ।
विद्यालय, लघुवित्तीय लगायत सरकारी तथा गैर सरकारी संघसंस्थाहरुमा डेंगु नियन्त्रण अभियान सञ्चालन गरि सतर्कता अपनाउन आवश्यक रहेकाे उल्लेख गरेका थिए ।