ट्रेंडिंग:

>> प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री >> पारिस्थितिक प्रणाली जोगाई राख्न वातावरणमैत्री व्यवहार आवश्यकः मुख्यमन्त्री आचार्य >> शेयर बजारमा आउन बित्तिय क्षेत्रको राम्रो ज्ञान लिनुपर्छ ।— शेयर विज्ञ चित्रकार >> प्रधानमन्त्री ओली अमेरिका प्रस्थान >> ब्राजिलमा प्रतिबन्धका बीच एक्स चलन थालेपछि…… >> भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! >> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार

त्रिभुवन क्याम्पसका विद्यार्थी र प्रहरीबीच झडप, ११ घाइते, प्रहरीद्वारा अश्रुग्याँस प्रहार

२५ श्रावण २०८०, बिहीबार
२५ श्रावण २०८०, बिहीबार

सुनवल, २५ साउन ।

पश्चिम नवलपरासीको प्रतापपुरमा रहेको त्रिभुवन क्याम्पस बेलाटारीका विद्यार्थी र प्रहरीबीच झडप भएको छ । प्रतापपुर गाउँपालिकाको कार्यालयमा तालाबन्दी गर्न गएका विद्यार्थी र प्रहरीबीच झडप भएको हो ।

झडपका क्रममा प्रहरी र विद्यार्थी गरी ११ जना घाईते भएका छन् । स्थिति नियन्त्रण बाहिर जान थालेपछि प्रहरीले ५ राउण्ड अश्रु ग्याँस प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेयले जानकारी दिए । झडपमा प्रहरी निरीक्षकसहित ७ प्हरीसमेत घाइते छन् । घाईते विद्यार्थीबारे प्रहरीले यकिन नगरेपनि बेलाटारी क्याम्पसका क्याम्पस प्रमुख मनोजधर द्विवेदीले चारजना विद्यार्थी घाईते भएको बताए । विद्यार्थीले ढुंगामुढा गर्दे पार्किङ्गमा रहेका सवारी साधनमा तोडफोड गर्न थालेपछि आश्रुग्याँस प्रहार गर्नुपरेको प्रहरीको दाबी छ । सो क्रममा पार्किङ्गमा रहेको एउटा कारको सिसा फुटेको छ ।

त्रिभुवन माविले त्रिभुवन क्याम्पसमा कक्षा ११ र १२ को दिवा कक्षा सञ्चालनका लागि कक्षाकोठा माग गरेपछि विवाद सुरु भएको हो । दिउँसोमा कक्षा कोठा उपलब्ध गराउन नसक्ने क्याम्पस प्रशासनको अडानपछि बुधवार प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवको निर्देशनमा त्रिभुवन क्याम्पसमा लगाईएको ताला केही जनप्रतिनिधिको रोहवरमा नगर प्रहरीले तोडेको थियो । बिहिवार त्यसैको विरोधमा त्रिभुवन क्याम्पसमा अध्ययनरत विद्यार्थि गाँउपालिकामा तालाबन्दी गर्न गएपछि प्रहरी संग झडप भएको थियो ।

त्रिभुवन माविले नयाँ भवन निर्माणको चरणमा रहेकाले केहि समयका लागि दिउँसोमा कक्षा सञ्चालन गर्न दिन क्याम्पससँग आग्रह गरेपनि क्याम्पसले क्युएए प्राप्तीको प्रक्रियामा रहेको बताउँदै त्रिभुवन विश्वविद्यालयको मापदण्ड अनुरुप कक्षाकोठा उपलब्ध गराउन नसक्ने जवाफ दिएपछि विवाद उत्कर्षमा पुगेको हो । शैक्षिक स्थलमा भएको यो विवाद अहिले पुर्व मन्त्री तथा जनता प्रगतिशिल पार्टीका अध्यक्ष हृदयेश त्रिपाठी र प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवको प्रतिष्ठाको लडाई बनेको छ ।

दुवैको आह्वानमा छुट्टाछुट्टै अभिभावक भेला गर्दै समर्थन जुटाउने कोसिस भएको थियो । गाउँपालिकाले उक्त भवन त्रिभुवन माविको स्वामित्वमा रहेको दाबी गर्दै क्याम्पसले कक्षाकोठा सञ्चालन गर्न दिन्न भन्नु तर्क संगत नहुने दाबी गर्दै आएको छ । त्रिभुवन मावि र त्रिभुवन क्याम्पस प्रतापपुर ९ बेलाटारीमा एकै स्थानमा रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?