ट्रेंडिंग:

>> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा 

भन्सार छलेर ल्याइएका १२ लाखका कपडा बरामद

२५ श्रावण २०८०, बिहीबार
२५ श्रावण २०८०, बिहीबार

बुटवल, २५ साउन ।

सशस्त्र प्रहरी बल नेपाल नं. २९ हेक्वा ज्वालामाई गण भालुवाङले भन्सार छलेर ल्याइएका कपडा बरामद गरेको छ । राप्ती गाउँपालिका वडा १ ठेहेरी खोलामा गणको नवराज खत्रीको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले सो कपडा बरामद गरेको हो ।

पूर्व–पश्चिम लोकमार्गस्थित पोखराबाट तुलसीपुरतर्फ जाँदैगरेको ग १ ख ९८७० नम्बरको बसबाट १२ लाख २३ हजार आठसय ९० रुपियाँ बराबरको अवैध कपडा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल २९ हेक्वा ज्वालामाई गण भालुवाङका प्रमुख गोपाल श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार अवैध रुपमा भन्सार छली लुकाइछिपाई ल्याउँदैगरेको अवस्थामा विशेष सूचनाका आधारमा सामान बरामद गरिएको थियो । बरामद सामानमा पाइन्ट सुट ५१ थान, लेडिज दुईसय ३२ पिस, ब्लाउज सुट एकसय ६ थान र सुतिका कपडा एकसय १२ थान अवैध कपडा छन् ।

पक्राउ गरी नियन्त्रणमा ल्याइएको अवैध कपडा आवश्यक कारबाहीका लागि सशस्त्र प्रहरीले राजस्व कार्यालय बुटवल पठाएको छ । चाडपर्व नजिकिएसँगै दाङमा चोरी–तस्करी बढ्दै गएको छ । सवारीसाधन तथा सीमावर्ती क्षेत्रमा दैनिकजसो भन्सार छलेर अवैध रूपमा आयात गरिएका सामान बरामद हुन थालेका छन् ।

अन्य समयभन्दा चाडपर्वका बेला खाद्यान्न, लत्ताकपडालगायतका दैनिक प्रयोग हुने आवश्यक सामग्रीको माग बढी हुन्छ । छोटो समयमा बढी कमाउने ध्याउन्नमा लागेका तस्करले चाडपर्वलाई कमाउने सिजनका रूपमा लिने गरेका छन् । नियमनकारी निकायसँग साँठगाँठ गरेर भए पनि यो बेलामा अवैध आयातलाई अन्य समयको तुलनामा कैयौँ गुणा बढी बनाइने गरेको जानकारहरूको भनाई छ ।

चाडपर्वका नाममा सीमानासँग जोडिएका भारतीय बजारबाट अवैध सामान भित्रिने गरेको गुनासो बढ्दै गएको छ । पसल दर्ता नगरेका स्थानीय खुद्रा व्यापारीले नाकासँग जोडिएका भारतीय बजारबाट अवैध सामान ल्याएर बेच्ने गरेका कारण सरकारलाई राजस्व तिर्ने ठूला व्यापारीहरु मारमा पर्दै गएका छन् ।

सीमामा कडाइ गर्न निर्देशन

अवैध रुपमा भारतबाट भित्रिने कपडामा सशस्त्र प्रहरीले कडाइ गर्न थालेको छ । कपडा तस्करी बढेको भन्दै सशस्त्र प्रहरीले भन्सारमा कडाइ गरिरहेकाले भारतीय कपडा आउन बन्द हुने बितिक्कै नेपालका स्थानीय बजार प्रवद्र्धन हुने विश्वास गरिएको छ ।

भारतीय बजारबाट एकसय रुपियाँभन्दा बढीको सामानमा कर लाग्ने कानुनी व्यवस्थालाई कडाइपूर्वक कार्यान्वयन गर्दा भारतीय बजारबाट दैनिक उपभोग्य वस्तु खरिद गर्ने नेपाली उपभोक्ताको सङ्ख्या घटेको छ । भन्सार कार्यालयले कानुनबमोजिम बाहेक कुनै पनि वस्तु ल्याउन नदिने र ल्याउन पाइने वस्तुमा अनिवार्य भन्सार लिने व्यवस्था कार्यान्वयनमा ल्याइएको हो ।

भन्सारले कानुनी व्यवस्था कार्यान्वयनमा कडाइ गर्न निर्देशन दिएपछि खटिएका सशस्त्र प्रहरी बलको टोलीले एकसय रुपियाँभन्दा बढी मूल्यको सामानमा अनिवार्य भन्सार तिराएर मात्र सर्वसाधारणलाई आउन दिइरहेको छ । भारतसँग सीमा जोडिएको दाङको सीमावर्ती क्षेत्रमा कडाइ गर्न निर्देशन दिइएको छ ।

चाडपर्वका नाममा सीमानासँग जोडिएका भारतीय बजारबाट अवैध सामान भित्रिनसक्ने भन्दै जिल्लाका सबै खुला सीमा नाकामा कडाइ गर्न निर्देशन दिएको सशस्त्र प्रहरी नेपाल नं. ५ विन्दाबासिनी बाहिनी मुख्यालय रुपन्देही बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक विदुर खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?