© २०२३
सल्यान, २५ साउन । हत्या आरोपमा फरार भई प्रहरीको खोजीमा रहेका एक व्यक्ति सल्यानमा मृत अवस्थामा फेला परेका छन् । गत आइतबार शारदा नगरपालिका वडा नं १४ मालनेटा ढाँरखानी बस्ने खड्क बहादुर गिरीको श्रीमती वर्ष ४६ की प्रमिला गिरी आफ्नै मकैबारीमा हँसियाले घाँटीको अगाडिपट्टीको भागमा काटिएको अवस्थामा मृत फेला परेकी थिइन् ।
सोही घटनाको समयदेखी फरार रहेका प्रमिलाकी जेठाजु नाता पर्ने सोही ठाउँ निवासी ५५ बर्षिया बिरबहादुर गीरी बिहीवार विहान मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
हत्या आरोपि गिरी आफ्नो घरदेखी पश्चिममा रहेको तुसारे स्थित लोक बहादुर गिरीको मानिस नबस्ने खाली घरको बार्दलीमा कपडाको धोतीले पासो लगाई झुण्डिको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब निरीक्षक सन्तोष खनालले जानकारी दिए ।
स्थानीयले विहान ६ बजेतीर फेला परेको भनी प्रहरीलाई जानकारी गराएपछि अनुसन्धानको लागी घटनास्थलमा प्रहरी टोली खटिई गइ घटनास्थल कार्य पुरा गरि लाश पोष्टमोर्टमको लागि जिल्ला अस्पताल सल्यान पठाइएको र थप अनुसन्धान भइरहेको उनको भनाई छ ।
शारदा नगरपालिकाकै वडा नम्बर १३ माथिल्लो सल्यान चौरका अन्दाजी २३ वर्षीय नवीन भण्डारीले ४८ वर्षीय आमा शारदा भण्डारीको मंगलबार विहान हत्या गरेका थिए ।