© २०२३
बुटवल, २५ साउन ।
रुपन्देही प्रहरीले अवैध लागूऔषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ ।शुद्धोधन गाउँपालिका–३ दोगाना चोकबाट २ ग्राम २० मिलिग्राम ब्राउन सुगर र खुकुरी एक थानसहित दुई जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा शुद्वोधन गाउँपालिका ५ पुरैनी बस्ने २० वर्षीय सुरज थारु र उक्त गाउँपालिका–३ रमवापुर बस्ने २२ वर्षीय उमेश थारु रहेका छन् ।
इलाका प्रहरी कार्यालय छपिया र प्रहरी चौकी फर्साटिकरबाट खटिएको प्रहरीले लु. ८५ प ४५५८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त पदार्थसहित उनीहरुलाई पक्राउ गरेको रुपन्देही जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामू अर्यालले बताए । अभियुक्तबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।