ट्रेंडिंग:

>> पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित >> सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ? >> भन्सालीको नयाँ फिल्म ‘लभ एन्ड वार’ अक्टोबरमा फ्लोरमा जाने >> प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान >> अस्ट्रेलिया र बेल्जियमका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी दिन आह्वान >> राजस्वको छापापछि ‘तस्करको रुट परिवर्तन’ >> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित

ढुंगाले रोक्यो तटबन्धको काम

२५ श्रावण २०८०, बिहीबार
२५ श्रावण २०८०, बिहीबार

बाँके, २५ साउन ।  बाँकेको राप्ती सोनारी गाउँपालिका–७ स्थित राप्तीनदीमा शुरु गरिएको तटबन्ध निर्माणको काम ढुंगा अभावमा रोकिएको छ । जनताको तटबन्ध कार्यालय लमहीले उक्त स्थानमा असार दोस्रो साताबाट तटबन्धको काम शुरु गरेपनि ढुंगा नपाएपछि काम रोकेको कार्यालय प्रमुख धर्मकुमार न्यौपानेले बताए ।

उनका अनुसार, नदी नियन्त्रणका तटबन्ध बनाउन संघीय सरकारबाट दुई करोड रूपैयाँ बजेट बिनियोजन भएको छ । उक्त क्षेत्रबाट निर्वाचित प्रदेश सांसद कृष्णा केसी (नमुना) ले तत्कालै अति जोखिममा रहे कचनापुर र खल्ला झगडियामा तटबन्ध निर्माण गर्न भनिएपछि काम रोकिनु दुःखद कुरा भएको बताइन । ‘खल्ला झगडियामा तटबन्ध निर्माणको क्रममा ढुंगाको अभाव भएपछि काम बीचमै रोकिएको छ, यसो हुन राम्रो हुदैन,’– उनले भनिन् ।

कार्यालय प्रमुख न्यौपानेका अनुसार, अहिलेसम्म झण्डै ३० प्रतिशत काम भएको छ । खल्ला झगडियामा पूरा काम नभएपछि बचेको रकम यसअघि नै सम्पन्न भइसकेको तटबन्धको कामको भुक्तानी दिनमा खर्च गरिएको जनताको तटबन्ध कार्यालयका न्यौपानेले जानकारी दिए । ‘ढुंगाको अभावले तटबन्धको काम ३० प्रतिशतमात्रै हुन सक्यो ।

बचेको रकम सोनबर्षामा तटबन्ध निर्माण गर्दा भुक्तानी गर्न बाँकी थियो । त्यहीका ठेकेदारलाई दियौं,’ उनले भने, ‘कार्यालयको दायित्व केही भए पनि कम भयो ।’ उनका अनुसार दुई करोडमध्ये बचेको सबै रकम पहिलेको दायित्व तिर्नलाई खर्च गरिएको जानकारी दिए ।
‘नदी नियन्त्रणका लागि आर्थिक वर्ष अन्त्यतिर आएको बजेट सकेजति खर्च गर्नेगरी काम गरेका थियौं,’ कार्यालय प्रमुख न्यौपानेले भने, ‘खर्च हुन नसकेको बजेट यसअघि भएका कामको भुक्तानी दिनमा खर्च भयो । तिर्नुपर्ने दायित्व कम भयो ।’ पहिलोपटक ‘विग बोल्डर’ प्रयोग गरेर राप्ती नदीले कटान गरेका क्षेत्रमा तटबन्ध निर्माण थालिएकोले ढुंगाको समस्या देखिएको उनले बताए ।

‘मैले कर्णाली नदीमा समेत कटान रोक्न विग वोल्डर प्रयोग गरेर तटबन्ध गरेको थिए,’ उनले बुटवलटुडेसँग भने, ‘यसपटक राप्तीमा समेत प्रयोग गरिएको थियो । कचनापुरमा गरिए पनि खल्ला झगडियामा ढुंगा अभावमा काम सम्पन्न हुन सकेन ।’ वडा नम्बर ७ का अध्यक्ष रामलखन थारूले ढुंगा अभावमा थोरै तटबन्ध भए पनि कटान रोक्नमा धेरै सघाउ पुगेको बताए । ‘ढिला बजेट प्राप्त भएका कारण ढुंगा अभाव हुँदा सबै काम हुन सकेन,’ उनले बुटवलटुडेसँग भने, ‘कटान भइरहेको स्थानमा थोरै भए पनि काम हुदा कटान भने रोकिएको छ ।’ कचनापुरमा भने विग वोल्डरको प्रयोग गरेर तीन सय ५० मिटरभन्दा बढी तटबन्ध निर्माण भइसकेको उपभोक्ता समितिका अध्यक्ष भुपेन्द्र ओलीले जानकारी दिए । उनका अनुसार तटबन्धको निर्माणको लागि दुई सय ३५ टिप्परभन्दा बढी विग वोल्डर र चार हजारभन्दा बढी जियो ब्यागमा ग्रावेल हालेर प्रयोग गरिएको छ ।

‘तीन लाख रूपैया बराबरको उपभोक्ता श्रमदानसहित ७४ लाखमा तटबन्ध निर्माणको लागि सम्झौता भएको थियो ।,’ समितिका अध्यक्ष ओलीले भने, ‘करिब साढे तीन सय मिटरभन्दा तटबन्ध निर्माणको काम करिब सम्पन्न गरिसकेका छौं ।’ विग वोल्डरको प्रयोग गरेर तटबन्ध निर्माण गर्नुपर्ने भएकोले ढुंगाको ठूलो समस्या बेहोर्नुपरेको उनले बताए । तटबन्ध निर्माण भएपछि मंगलबार र त्यसअघि समेत आएको ठूलो बाढीले कटान गर्न नपाएको उनी बताउछन् । नदीको ८/१० फुट गहिराईबाट नै विग वोल्डर हालेर तटबन्ध निर्माण गरिएको छ । ‘नदीको गहिराईबाट नै विग वोल्डर हालेर तटबन्ध बनाएका कारण दुईपटक ठूलो बाढी आउन कटान गर्न पाएन ।,’—अध्यक्ष ओलीले भने, ‘यहा तटबन्ध बनाएपछि गाउ र खेतीयोग्य जमिन त जोगियो । अन्य स्थानबाट नदीले कटान गर्न थालिसक्यो ।’ उपभोक्ता समितिले राप्तीसोनारी गाउपालिकालाई ढुंगावापत नौ लाख बढी राजस्व तिरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?