© २०२३
काठमाडौं,२४ साउन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०८४ को चुनावमा पहिचान पक्षधरलाई बहुमत दिए संसदबाटै सबै प्रदेशका नाम संशोधन गर्ने आवश्वास दिएका छन् ।
विश्व आदिवासी दिवस समारोहलाई सम्बोधन गर्दै उनले पहिचानको पक्षधरहरुको सदनमा बहुमत नभएकाले निर्णय कार्यान्वयन गराउन नसकेको बताए । उनले पहिचानवादीहरुको आन्दोलनको क्रममा साहदात प्राप्त गर्नेलाई सहिदको घो्षणा र क्षतिपूर्तिको पनि निर्णय आफैंले गराएको बताए । उनले कोशी प्रदेशको नामाकरणविरुद्धको आन्दोलनमा आफ्नो पार्टीको समर्थन रहेको बताए । तर कोशी नामाकरण गर्दा प्रदेश सभामा माओवादी केन्द्रले पनि पक्षमा भोट हालेको थियो ।