© २०२३
काठमाडौं,२४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले मंगलबारको संसद बैठकमा गृहमन्त्रीले दिएको जवाफमाथि केही प्रश्न उठाएका छन् । गृहमन्त्रीले ३५ दिन समय मागेको भन्दै उनले यसलाई अन्यथा भन्न नमिल्ने बताए । तर कुन कानुन टेकेर भन्सार विभागले गरेको अनुसन्धान केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीमा पठाएको भनेर प्रश्न गरे ।
उच्च तहको संलग्नता विना यति ठूलो सुन तस्करी हुन नसक्ने भन्दै लामिछानेले मन्त्रालयस्तरमा कसको संलग्नता छ म भन्न सक्दिन, तर यति ठूलो तस्करीमा उच्चभन्दा उच्च तहको संलग्नता छ भन्ने कसैसामु लुकेको छैन भने ।
सीआईबी ३५ दिन दिने गृहमन्त्रीको प्रस्तावमा शंका नगर्ने उनले बताए । तर अहिले जिम्मेवारीमा भएका मानिसहरुलाई राखेर अनुसन्धान गर्दा प्रभावित हुन सक्ने भन्दै उनले भन्सारको सिंगो सेट, अर्थ सचिवदेखि अर्थ मन्त्रालयको सिंगो सेट, प्रहरी प्रमुखदेखि सिंगो सेटलाई निलम्बन वा अहिले त्यहाँ सहभागी हुन नपाउने व्यवस्था नभई सीआईबीले विना प्रभाव यो काम गर्न सक्ला भनेर आशंका गरे ।
सुन तस्करीमा पक्राउ परेका दावा छिरिङको केही प्रहरी प्रमुखसँग निरन्तर कुराकानी भएको थाहा भएको भन्दै उनले दावाको मोबाइल फोनको फरेन्सिक ल्याब रिपोर्ट सार्वजनिक गर्न माग गरे ।