© २०२३
काठमाडौं,२४ साउन । नेपाल विद्यार्थी संघ नेविसंघका दुई समूहबीच कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा नाराबाजी भएको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवा निकटले विधान विपरीत नेविसंघको केन्द्रीय तदर्थ समिति विस्तार गरेको भन्दै असन्तुष्ट विद्यार्थीहरू विरोधमा उत्रिएका हुन् ।
विद्यार्थी नेताहरू योगेन्द्र रावल, अशोक विष्ट, विनोद शाही लगायतको समूह नेविसंघको समान्तर कमिटी घोषणाका लागि सानेपा पुगेका थिए । तर संस्थापन पक्षले प्रहरी परिचालन गरेर उनीहरूलाई पार्टी कार्यालय प्रवेशमा रोक लगाएको छ । कमिटी विस्तारको विरोध भएपछि नेविसंघ अध्यक्ष दुजाङ शेर्पा समर्थक विद्यार्थीहरू सानेपा पुगेर प्रतिवादमा उत्रिए ।
दुई समूहबीच झडपको अवस्था सिर्जना भएपछि प्रहरीले रोकेको थियो । पार्टी कार्यालय प्रवेशमा रोक लगाएपछि भोलि सभापति देउवाको घर घेर्ने नेता रावलले चेतावनी दिएका थिए ।
दुई समूहबीच झडपको अवस्था सिर्जना भएपछि प्रहरीले रोकेको थियो । संस्थापन पक्षको अवरोधबीच कोणसभालाई सम्बोधन गर्दै त्रिविका पूर्वसभापति योगेन्द्र रावलले भाडाका गुण्डा र प्रहरी लगाएर आफूहरुलाई रोकिएको भन्दै भोलि देउवाको घर घेराउ गर्न जाने बताए ।
नेविसंघ भनेको देउवाका भतिजा, गगन थापाका साला र केही नेताका गर्लफ्रेण्ड व्यवस्थापन गर्ने संस्था नभएको रावलले बताए ।
नेविसंघको ७१० सदस्यीय केन्द्रीय कार्य समिति गठन भए पछि विवाद बढेको छ । असन्तुष्ट नेताहरूले समानान्तर कार्य समिति घोषणा गर्ने तयारी थालेका छन् भने दुजाङ पक्षले भेलामा सहभागी नहुन चेतावनी दिएको छ ।