© २०२३
काठमाण्डौ, २३ साउन । काठमाण्डौमा जारी एसियाली फुटबल महासंघ (एएफसी) को दोस्रो स्तरको क्लब फुटबल प्रतियोगिता एएफसी कपको पहिलो चरणको खेलमा नेपालको मछिन्द्रले भुटानको पारो एफसीलाई पहिलो हाफमा ३—१ को अग्रता लिएको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलको छैटौ मिनेटमा मछिन्द्रका गोलकिपर बिशाल श्रेष्ठको आत्मघाती गोलले पारोले खेलमा अग्रता लिएको थियो । तर यो अग्रता धेरै बेर टिक्न सकेन ।
खेलको ११ औ मिनेटमा बिमलले हेडमार्फत बाराबरी गोल गरे । आयुष घलानको पासलाई उनले उत्कृष्ट हेडर गरे । बिमलले आर्कषक पासमा आयुषले खेलको १४ औ मिनेटमा दोस्रो गोल गोल गरे । खेलको ३८ औ मिनेटमा अफिज ओलावाले ओलाडिपोको हेडरमार्फत गोल गर्दै अग्रता बढाए ।
नेपालको लिग च्याम्पियन भएको चर्च ब्वाइज क्लबसँग एएफसी क्लब लाइसेन्स नहुदा यसको फाईदा गत सिजनको उपविजेता मछिन्द्र फुटबलले एफसी कपमा अवसर पाएको हो ।
नेपाल खेलमा विजेता भएमा दोस्रो चरणको प्लेअफमा एक सातापछि (१६ अगस्ट) भारतको मोहन बगानसँग खेल्नेछ । दोस्रो चरणको दुई विजेताबीच (२२ अगस्ट) प्लेअफ हुनेछ । प्लेअफ विजेता एएफसी कपको दक्षिण एसियाको समूह चरणमा पुग्नेछ । दक्षिण एसियाको समूह चरणमा यसअघि नै भारतको ओडिसा, बंगलादेशको बशुन्धरा किंग्स र माल्दिभ्सको माजिया पुगिसकेका छन् ।