ट्रेंडिंग:

>> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ

पेट्रोल भन्सार छली मुद्दा : आयल निगम र चालकलाई जरिवाना, चोपनारायणलाई सफाई

२३ श्रावण २०८०, मंगलवार
२३ श्रावण २०८०, मंगलवार

बुटवल, २३ साउन । पेट्रोल भन्सार छली मुद्दामा भैरहवा भन्सार कार्यालयले नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालय भलबारी र ट्याङकरका चालकलाई दोषी ठहर गर्दै २० लाख रुपैयां बढी जरिवाना तिर्नुपर्ने फैसला गरेको छ ।
उक्त मुद्दामा ढुवानीकर्ता एक्सप्रेस परिवहन सेवा प्रालिका सञ्चालक चोपनारायण श्रेष्ठलाई निर्दोष ठहर गर्दै सफाई दिएको छ ।
इण्डियन आयल कर्पोरेसनमार्फत भारतको बैतालपुरबाट पेट्रोलियम पदार्थ ढुवानी गरेर नेपाल ल्याउंदै गरेको लु २ ख ४८३९ नम्बरको पेट्रोल बोकेको ट्याङकरलाई प्रहरीले बैसाख ८ गते भन्सारमा नियन्त्रणमा लिई नापजांच गर्दा निगमले तोकेको भन्दा बढी परिमाण पाइएपछि कारवाही प्रकृया अघि बढाएको थियो ।
उक्त घटनामा नेपाल आयल निगमबाट जारी भएको प्रोडक्ट डेलिभरी अर्डर (पिडिओ) मा २० हजार लिटर पेट्रोल ढुवानी गर्ने स्वीकृति रहेकोमा उक्त ट्याङकरले स्वीकृति पाएको भन्दा ३ हजार ३ सय ८४ लिटर बढी आयात गरेको नापजांचको क्रममा प्रमाणित भएको थियो ।
उक्त घटनामा इलाका प्रहरी कार्यालय बेलहियाले सल्यानको शारदा नगरपालिका १४ का ट्याङकर चालक ३० वर्षिय अजय केसी, एक्सप्रेस परिवहन सेवा प्रालिका सञ्चालक बुटवल–४ का ६९ वर्षिय चोपनारायण श्रेष्ठ र नेपाल आयल निगम प्रादेशिक कार्यालय भलबारीलाई प्रतिवादी बनाई गत बैसाख ८ गते भन्सार कार्यालयमा मुद्दा दायर गरेको थियो ।
सोही मुद्दाको यही साउन १० गते फैसला गर्दै भैरहवा भन्सार कार्यालयले नेपाल आयल निगम लुम्बिनी प्रादेशिक कार्यालयलाई दोषी ठहर गर्दै १६ लाख २४ हजार ३ सय २० रुपैयां र ट्याङकरका चालक अजय केसीलाई ४ लाख ५६ हजार ८० रुपैयां जरिवाना तिराउने निर्णय गरिएको भैरहवा भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलद्वारा हस्ताक्षरित निर्णयमा उल्लेख छ ।

यस्तै प्रतिवादी बनाइएका ढुवानीकर्ता कम्पनीका सञ्चालक चोपनारायण श्रेष्ठलाई सो मुद्दामा निर्दोष ठहर गर्दै सफाई दिएको छ । सफाई पाएसंगै श्रेष्ठले भन्सार कार्यालय र नेपाल आयल निगममा जम्मा गरेको नगद धरौटी रकम र उनको स्वामित्वको ट्याङकर कानुनको म्याद भित्र फिर्ता दिन निर्देशन गरेको भैरहवा भन्सार कार्यालयका नायब सुब्बा पहलबहादुर केसीले जानकारी दिए ।
पेट्रोलियम पदार्थ आयात गर्दा ‘ग्रीनलाइन च्यानल’ मापदण्ड अनुसार स्वघोषित प्रणालीलाई आधार मानेर भन्सार कार्यालयले भन्सार शुल्क लिने र ट्याङकरलाई नापजांच नगर्ने कानुनी व्यवस्था छ । उक्त ट्याङकरका चालकको आर्थिक हैसियत अस्वभाविकरुपमा बृद्धि भएको देखिएकाले प्रहरीले शंका लागेर उक्त दिन नापजांच गर्दा स्वीकृत भन्दा बढी परिमाण भेटिएको हो ।
पिडिओमा स्वीकृत भन्दा बढी परिणाम भेटिएपछि आयल निगमलाई भन्सार कार्यालयले बढी परिमाणको कूल मूल्यको ५ सय प्रतिशत थप गरी जरिवाना गर्ने कानुनी व्यवस्था अनुसार निगम र चालकलाई जरिवाना तिराउने निर्णय गरेको भन्सार कार्यालयले जनाएको छ । उक्त घटनामा ३ हजार ३ सय ८४ लिटर पेट्रोलको भन्सार छली हुंदा एक लाख ३८ हजार ७ सय ४४ रुपैयां सरकारको राजस्व गुमेको थियो ।
नेपाल आयल निगम प्रादेशिक कार्यालयका प्रमुख इन्जिनियर जगदिश यादवले निगमलाई नै दोषी ठहर गरी जरिवाना तिराउने निर्णय यस क्षेत्रमा पहिलो घटना भएको बताए । भारतका पेट्रोल पम्पबाट इन्धन खरिद गरी नेपाल ल्याएर बेच्ने उद्देश्यले चालकहरुले बदमासी गरेका कारण परिमाण भन्दा बढी इन्धन भेटिएको उनले बताए ।
इण्डियन आयल कर्पोरेसनले नेपाल आयल निगमले पठाएको पिडिओमा उल्लेख भन्दा बढी परिमाणको इन्धन दिने सम्भावनै नहुने तर चालकहरुले पेट्रोल पम्पहरुबाट किनेर ल्याई नेपालमा बेच्ने उद्देश्यले बद्मासी गरेका कारण निगम दोषी देखिएको यादवले बताए । चालकहरुको बदमासीका कारण ढुवानीकर्ता व्यवसायी र निगमको बद्नामी हुने गरेको यादवले बताए । निगमलाई जरिवाना तिराउने निर्णय भएपनि निगमले ढुवानीकर्ताबाट असुल उपर गरी भन्सारमा तिर्ने यादवले बताए । ढुवानीकर्तासंग निगमले गरेको सम्झौतामा ढुवानीका क्रममा कुनै कैफियत भए त्यसको जिम्मेवारी ढुवानीकर्ता हुने स्पष्ट व्यवस्था भएको यादवले बताए ।
भन्सार पास भएपछि इन्धन बोकेका ट्याङकर सिधै निगमको डिपोमा आउनुपर्ने वाध्यकारी व्यवस्था नहुंदा चालकले ५ दिनसम्म आफुखुशी ट्याङकर राख्न पाउंदा चालकबाट इन्धनको चोरी तस्करी बढेको कार्यालय प्रमुख यादवले औंल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?