© २०२३
काठमाडौँ, २३ साउन ।
निजी विद्यालय सञ्चालकहरूले प्रस्तावित शिक्षा ऐन २०८० को विधेयकप्रति आन्दोलनको घोषणा गरेका छन्।
विधेयकमा समावेश गरिएका कतिपय विषयमा असहमति जनाउँदै प्यावसन, एनप्याब्सन र हिसानले संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना गर्दै उनीहरूले आन्दोलनको घोषणा गरेका हुन्।
आन्दोलनका कार्यक्रम अन्तरगत साउन २८ गतेदेखि अनिश्चित कालीन विद्यालय बन्द गर्ने जनाइएको छ ।
मस्यौदामा ५ वर्षभित्रमा शैक्षिक गुठीको रूपमा जानुपर्ने व्यवस्था गरेको छ। निजी विद्यालय सञ्चालकहरूले उक्त विषयमा
गम्भीर आपत्ति जनाउँदै आएका छन्।