© २०२३
बुटवल, २२ साउन ।
सुजुकी कम्पनीको नयाँ मोडलका चार पाङ्ग्रे सवारी लन्च गरिएको छ । सुजुकीको आधिकारीक विक्रेता पाठक मोटर्स ग्रुपले सोमबार सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख ईस्तियाक अहमद खान, प्रबन्ध निर्देशक अभिषेक पाठक, लक्ष्मी पाठकले जिम्नी र फ्रोन्क्स सामूहिक रुपमा लन्च गरे ।
सिद्धार्थनगर नगरपालिकाका नगरप्रमुख ईस्तियाक अहमद खानले नेपाली सडक सुहाउँदो चारपाङ्ग्रे सवारी भएको बताए । सानो र सबै ठाउँमा पुग्ने, युवा वर्गमा आकर्षण हुने मोडल भएको उनले बताए । आर्थिक मन्दीको बेलामा जोखिम लिएर धेरै ब्यवसायीहरु अगाडि बढेको बेला तीन तहकै सरकार सुधारमा ध्यान दिनुपर्ने उनले बताए ।
अन्तर्राष्ट्रिय विमानस्थल चल्न सके यहाँको पर्यटन फष्टाउने भन्दै उनले यसमा ध्यान दिनुपर्ने बताए । नगरपालिकाबाट फोहोर ब्यवस्थापनको परियोजना अघि बढाएको तथा छाडा चौपायाको ब्यवस्थापनमा समेत थप लागेको बताए । करिब २ करोड रुपैयाँ लगानीमा उज्यालो नगरको अभियान थालेको उनले बताए । साना ब्यवसायीहरुलाई प्राथमिकता दिने, साना सवारीलाई ब्यवस्थापन गरी ५ सयमा लग्ने, हरियाली नगर बनाउन वृक्षारोपण गर्ने जस्ता नमुना कामलाई जोड दिएको उनले बताए ।
एक्सपेरिएन्स द अल्टिमेट अफरोडर जिम्नीको सुरुवाती मूल्य साढे ६४ लाख रुपैयाँ र द फेस अफ न्यु फेस फ्रन्क्स ४२ लाख रुपैयाँ बजार मूल्य रहेको छ ।
कार्यक्रममा सिजि होल्डिङका डिलर ईन्चार्ज विशाल दाहालले सन १९७० मा जिम्नीको पहिलो जेनेरेसन लन्च गरिएको भन्दै वर्तमान समयसापेक्ष यो चौथो जेनेरेशन भएको उनले बताए । सुजुकी जिम्नी अल्टिमेट अफ रोड एसयुभी भएको तथा जोहेभी–ड्युटी ल्याडर फ्रेम चेसिसमा निर्मित भएको र यसमा पर्याप्त बडी एङ्गल र ग्राउन्ड क्लियरेन्स, ६ वटा एयरब्याग, स्क्रयाचफुल बडि, फोर ह्वील, चार सिटमा उपलब्ध रहेको उनले दाबी गरे ।
कार्यक्रममा सुजुकीका सेल्सहेड टंक न्यौपानेले सुजुकी एसयुभी उन्नत फोरडब्लुडी प्रणाली, अल ग्रिप प्रोसँग आउने र ब्रेक लिमिटेड स्लिप डिफरेन्सियल र थ्रि लिंक रिजिड एलेक्स सस्पेन्सन जस्ता अफ–रोड सुविधाहरू समावेश भएको बताए ।
कार्यक्रममा पाठक मोटर्सका म्यानेजर सर्जुना थैवले विश्व बजारमा चारपाङ्ग्रे सवारीमा उत्कृष्ट र लक्जरियस सवारी साधन भएको बताए ।
कार्यक्रममा प्रवन्ध निर्देशक अभिषेक पाठक २०४१ सालमा मिलबाट शुरु भएको ज्ञानप्रसाद पाठकबाट शुरु भएको बताए । बिस्तारै यो ईट्टा हुँदै अन्य क्षेत्रमा पनि लगानी गर्दै आएको उनले बताए । क्लासिकी र युवा वर्गलाई लक्षित गरी यो नया मोडल भित्र्याईएको उनले बताए ।