© २०२३
सुनवल, २२ साउन ।
आँखा पाक्ने रोग बढ्दै गएपछि पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले तीन दिनको लागि विद्यालय बन्द गरेको छ । विद्यालय पढ्न जाने बालबालिकामा आँखामा संक्रमण बढी भएको पाइएपछि नगरपालिकाले मंगलबारदेखि तीन दिनको लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
शिक्षा शाखा प्रमुख विष्णु प्रसाद गोतामेले वर्षे विदामा मिलान गर्ने गरी जोखिमलाई मध्यनजर गरेर तीन दिन विद्यालय बन्द गरिएको जानकारी दिए । यस अघि आइतबार प्रतापपुर गाँउपालिकाले पनि तीन दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको थियो । जिल्लाका सातै पालिकामा आँखा पाक्ने रोग प्रकोपको रुपमा फैलिएको छ । विद्यालयमा बढी भिडभाड हुने भएकाले बालबालिका संक्रमणको बढी जोखिममा छन् ।