ट्रेंडिंग:

>> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा >> आज एमालेको शक्ति प्रदर्शन: एक लाख मानिस उतार्ने दाबी >> जिल्लाको स्वास्थ्य कार्यालयबाटै हुन थाल्यो उपचार सिफारिस, स्वास्थ्य निर्देशनालय धाउनुपर्ने बाध्यता अन्त्य >> दुर्गा प्रसाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान >> पश्चिमी वायुको प्रभाव कायमै, यी चार प्रदेशमा आज वर्षाको सम्भावना >> अब एनसेलमा भ्वाइस र डेटा सेवा साट्न सकिने >> जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन >> काठमाडौँको खोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश >> पशु बधशाला र विभिन्न सहकारी संस्थाबिच खसीबोका खरिद सम्झौता >> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने

लायन्सद्वारा मायादेवीमा आँखा पाक्ने रोग सम्बन्धी अभिमुखीकरण

२२ श्रावण २०८०, सोमबार
२२ श्रावण २०८०, सोमबार

बुटवल, २२ साउन ।

लायन्स क्लव अफ बुटवल सिद्धार्थ र आधारभूत स्वास्थय सेवा केन्द्र मायादेवी–२ पिपरहवा रुपन्देहीको संयुक्त आयोजनामा एक दिने आँखा पाक्ने रोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

तिलौरी आधारभूत विद्यालय मायादेवी गाउँपालिका–२ रुपन्देहीमा कार्यक्रमको आयोजना गरिएको हो । आँखा पाक्ने रोग तीव्ररुपमा फैलिंदै गएकाले यसको रोकथाम, उपचार विधि र अपनाउनुपर्ने स्वास्थ्य सुरक्षाका बारेमा जानकारी गराउन अभिमुखीकरण कार्यक्रम गरिएको लायन्स क्लव अफ बुटवल वर्ष २०२३–२४ का अध्यक्ष नारायणविक्रम कुँवरले बताए ।

कार्यक्रममा तिलौरी आधारभूत विद्यालयका प्रधानाध्यापक हरिहर यादवले कार्यक्रमबाट आँखा पाक्ने रोगबारे पुर्व सतर्कता अपनाउन सहयोग पुग्ने धारणा राखे । कार्यक्रममा लायन्स क्लव अफ बुटवल सिद्धार्थका पुर्व अध्यक्ष तथा लायन्स डिष्ट्रिक मेम्बर आई स्क्रिनका मेम्बर भोजराज पोख्रेल, तिलौरी आधारभूत विद्यालयका शिक्षकहरु सञ्जय कुमार यादव, रामचन्द्र मुराव, रामनाथ यादव, गिता सुवेदी, रिना पाल, देवकी पौडेल, बलिराम तेली, दिलिप थारु, लायन्स क्लव अफ बुटवलका कार्यालय सचिव सुन्दर श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

तिलौरी आधारभूत विद्यालयमा रहेका सम्पूर्ण शिक्षकहरुको उपस्थितिमा भएको कार्यक्रममा आधारभूत स्वास्थ्य सेवा केन्द्र मायादेवी–२ पिपरहवामा सेवारत स्वास्थ्यकर्मी तथा लायन्स डिष्ट्रिक मेम्बर पुर्व अध्यक्ष भोजराज पोख्रेलले आँखा पाक्ने रोग के हो ? के कारणले आँखा पाक्दछ ? यसका लक्षण तथा चिन्ह कस्ता हुन्छन् ? र समाधान तथा जोगिने उपायबारे सहजीकरण गरेका थिए । कार्यक्रममा क्लवका अध्यक्ष नारायणविक्रम कुँवरले तिलौरीमा क्लवले यस्ता कार्यक्रम आगामी दिनमा पनि सञ्चालन गर्ने जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?